April 28 - 2024, Sunday१६ बैशाख २०८१, आईतवार

पोखराका ब्यवसायीले जाजरकोटका भुकम्प पिडितलाई पठाए २५ लाखको राहत सामग्री

राजेन्द्र कार्की । जाजरकोट
पोखरा स्थित सर्वेश्वर ब्यवसायी समितिले जाजरकोटका भुकम्प पिडितलाई करीब २५ लाख बराबरको राहत सामग्री प्रदान गरेको छ ।
भुकम्प पिडितलाई जाडो छल्ने विभिन्न किसिमका राहत सामाग्रीहरु न्यानो लत्ताकपडा जुत्ता, चप्पल , मोजा जाकेट, पाइन्ट , ट्याकसुट , कुर्तासुरुवाल, विद्यार्थीहरुका लागी जुत्ता ,मोजा न्यानो कपडा चाउचाउ, बिस्कुट लगाएत रु.२५ लाख बराबरको राहत सामग्री जिल्लाको बारेकोट गाँउपालिका वडा नम्बर ४ मा वितरण गरिएको हो ।

भौगोलिक बिकटता र सडक संजालको पहुँचमा नभएको कारण यहाँ अन्य ठाउको तुलनामा प्रभाबकारी ढङ्गले राहत आउन नसकेको बेला पत्रकार हरिहर सिंह राठौर र हाल पोखरा महानगरपालिका ११ निवासी समाजसेवी मीन बहादुर बस्यालले बिशेष पहलमा प्राप्त राहत सामग्री बारेकोट ४ मा वितरण गरिएको छ । कास्की जिल्ला पोखरा महानगर ४ का (शर्बेश्वर ब्यबसायी समिति) का समाजसेवी समितीका संयोजक शिव प्रसाद भण्डारी, अध्यक्ष बाल कृष्ण भण्डारी,उपाध्यक्ष तुल बहादुर थापा, उपमहासचिव माधबराज बराल, कोषाध्यक्ष लोकनाथ आचार्य र समितिका अन्य सदस्यले राहत संकलन अभियानमा सहयोग गुर्नभएको थियो ।
तपाईहरुको सहयोगले हाम्रो पीडामा थोरै भएपनि मलमपट्टि लागेको छ । हामी यतिठुलो बिपदमा परेका बेला तपाईंहरुले सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छौ गाँउपालिका उपाध्यक्ष नरबहादुर गिरीले भने ‘सहयोगी हातहरु सवैलाई हार्दिक नमन छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad