May 21 - 2024, Tuesday७ जेष्ठ २०८१, सोमबार

जाजरकोट खलंगामा सार्वजनिक सुनुवाईः पाँच बुदे प्रतिबद्धता

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटका सरकारी कार्यालयले दिने बस्तु तथा सेवाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम ५ बुदे प्रतिबद्धता ब्यक्त गदै सदरमुकाम खलंगामा बुधवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति जाजरकोटको अगुवाई, भेरी नगरपालिका र असल शासन क्लव जाजरकोटको सहकार्यमा गरिएको वृहत सार्वजनिक सुनुवाई कार्यक्रम पाँचवुद्दे प्रतिवद्धता जारी गर्दै सम्पन्न भएको हो ।

जिल्लाका सरकारी कार्यालय, स्थानीय तह लगायत सार्वजनिक संस्थाहरुले प्रवाह गर्ने वस्तु, सेवा र सुविधाको प्रभावकारिताका विषयमा सरोकारवालाहरुलाई दिने, खुल्ला मञ्चमा साझा सवालहरुमा वहस, पैरवी गर्ने पद्धतीको विकास गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
जाजरकोटमा म्याद सकिएका समान विक्री वितररण गर्ने वातावरणलाई न्यूनिकरण गर्न नियमित बजार प्रक्रियालाई निरन्तरता दिने र अनुगमनको नतिजा कार्यालयका फेसवुक पेज तथा आमसञ्चार माध्यम मार्फत जानकारी गराउने, यातायात क्षेत्रमा भाडा दरमा एकरुपता नभएको, कच्ची सडकमा भाडादर महंगो भएको गुुनासोलाई आत्मसाथ गर्दै तत्काल यातायात व्यवसायी र सरोकारवाला वीच वैठक वसी भाडादर समयसापेक्ष बनाउने, जिल्लाका सेवा प्रदायक सवै निकायले नियमित सार्वजनिक सुनुवाई गर्ने र त्यसको सार्वजनिक स्थानीय सञ्चार माध्यमबाट गर्ने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै, यातायातका साधनको नियमित चेकजाँच प्रक्रियालाई निरन्तता दिने, सडकहरुको स्तररोन्ती, नियमित विद्युत सहजता, विकास निर्माणमा तेस्रोपाटी अनुगमन तथा प्रभावकारी बनाउने, जिल्लाका मेडिकल, प्राविधिक कलेजहरु, उद्योगहरुको अनुगमन गरि प्रभावकारी नियमन गर्ने,जिल्लाका सामुदायिक वनको वन कार्ययोजना अद्यावधिक गर्ने, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरु बीचको समन्वय सहकार्यलाई बढाउने प्रतिवद्धता गरिएको असल शासन क्लब जिल्ला समन्वय समितिका अध्यक्ष बालकुमार शर्माले जानकारी दिए ।
लक्षित वर्ग र सेवाग्राहीप्रति जवाफदेही र पारदर्शी भएको बोध गराउने र सार्वजनिक सेवा प्रवाहलाई चुस्त,दुरुस्त पार्नका लागि पृष्ठपोषण दिने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । धेरै लामो समय पछि पहिलो पटक गरिएको सार्वजनिक सुनुवाई निकै प्रभावकारी भएको उनले बताए । यस्ता सार्वजनिक सुनुवाई वेला बेला गर्नले जिल्लामा पारदर्शीता, जवाफदेहिता र सुशासन कायम गर्न नागरिक प्रति सेवा प्रदायक निकायको उत्तरदायित्व र जिम्मेवारीवोध गराउन टेवा पुग्ने प्रजिअ सुनारको विश्वास छ । जाजरकोट जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय र भेरी नगरपालिकाको सेवा प्रवाहलाई लिएर सर्वसाधारण र सम्बन्धित सरोकारवाला निकायहरु वीच सवाल जवाफ भएको थियो । स्थानियले शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, बन, पुर्वाधार विकास, यातायात, कृषि, भेरी नगरपालिका लगायतका कार्यालय सँग सम्बन्धित सवाल र सेवा प्रवाह बारे जिज्ञासा राखेको थिए । ति जिज्ञासा सम्बन्धित कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रष्ट पारेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad