टुकमाया घर्ती । जाजरकोट
जाजरकोट जिल्लाको नलगाड नगरपालिका ४ गाम्राखोरे स्थित ग्वामीदेवी पन्तको घर नजिक गोठमा चट्याङबाट पर्दा स्थानीय शेरबहादुर रावलका दुई वटा गोरु र एक वटा राँगो मरेका छन । गएराती १२ बजे परेको चट्याङले रावलका गोठमा बाँधेका गोरु र राँगो मरेका वडा अध्यक्ष बद्री पन्तले बताउनु भयो । चट्याङबाट मानवीय क्षेती नभएको अध्यक्ष पन्तले भन्नु भयो ।
रावल परिवार घरमा सुतेको र गोठमै चट्याङबाट पर्दा एक हल गोरु र राँगो मरेका जानकारी वडा अध्यक्ष पन्तले बताउनु भयो । वडा अध्यक्ष पन्तले मान्छे बाच्चु भयो, गोरु र राँगो मरेको बताउदै रावल परिवारलाई राहतको लागि वडाबाट आवश्यक राहतको पहल गरिने बताउनु भयो । रावल परिवारलाई वडा कार्यालयले ३० किलो चामल र एक थान त्रिपाल राहत उपलब्ध गराएको छ । जनताको दुखमा साथ दिन वडा कार्यालय छ, भन्दै वडा अध्यक्ष पन्तले गोरु समेत किनीदिने बताउनु भयो ।
चट्याङबाट नलगाड ४ मा दुई वटा गोरु र राँगो मरे

