राजेन्द्र कार्की । जाजरकोट
लम्पीस्किन रोगबाट जाजरकोटमा एक हजार ४ सय ६० पशुचौपाया मरेका छन् । उपचार अभावमा जाजरकोटमा ठुलो संख्यामा पशुचौपाया मरेका हुन्
जिल्लाभर ९ सय २ गोरु, २ सय ४९ गाई, १ सय ९९ भैंसी र १ सय १० वाछावाछीको मृत्यु भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशु चिकित्सक डा.सुशिल ऐरीले बताए । उनका अनुसार सबैभन्दा बढि कुशेमा ३ सय ९३, जुनीचाँदे गाउँपालिकामा ३ सय ४३, छेडागाडमा २ सय २८, भेरी नगरपालिकामा १ सय ६२, बारेकोट गाउँपालिकामा १ सय ३०, नलगाड नगरपालिकामा १ सय १३ र सबैभन्दा कम शिवालय गाउँपालिकामा ९० पशु चौपायको मृत्यु भएको हो ।
जिल्लाका २१ हजार २ सय ३२ पशु चौपायामा लम्पी स्किन देखा परेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार ३ सय ९६ गाई, १४ हजार ५ सय २६ गोरु,१ हजार १ सय ५२ वाछावाछी र २ हजार ४ सय ५४ भैंसी गरी जम्मा २१ हजार २ सय ३२ पशु चौपायमा लम्पी स्किन देखा परेको हो ।
सबैभन्दा बढी छेडागाड नरपालिकामा ८ हजार एक, सय ९, नलगाड नगरपालिकामा २ हजार ६ सय ९४, कुशे गाउँपालिकामा २ हजार ६ सय ५९, जुनीचाँदे गाउँपालिकामा २ हजार २ सय १७, भेरी नगरपालिकामा १ हजार ८ सय १५, शिवालय गाउँपालिकामा ८ सय ९० र सबैभन्दा कम बारेकोट गाउँपालिमा ६ सय ६० रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

