June 10 - 2023, Saturday२७ जेष्ठ २०८०, शनिबार

भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा नेविसंघका प्रकास सिंह विजयी

राजेन्द्र कार्की । जाजरकोट
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको भेरी ज्ञानोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका प्रकास सिंह विजयी भएका छन् । आइतवार भएको निर्वाचनमा सिंहले अनेरास्ववियुका छविराज सिंहलाई ३० मतको अन्तरले पराजित गदै सत्ता गठबन्धनका साझा उम्मेदवार सिंहले जित निकालेका हुन् ।

Swasthya sewa karyalaya, jajarkot

नेविसंघका प्रकासले १ सय १० मत प्राप्त गरेर विजयी भएको क्याम्पस प्रमुख बलराम भण्डारीले बताए । उनका प्रतिस्पर्धी अनेरास्ववियुका छविराजले ८० मत प्राप्त गरेका छन् । जम्मा २ सय ८२ मतदाता रहेकोमा २ सय ३८ मत खसेको थियो । नेविसंघ र अखिल क्रान्तिकारीले गठबन्धन गरि सवै पदमा साझा उम्मेदवार बनाएका थिए । सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली विजयी भएका छन् । भुपेन्द्रले १ सय १७ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका विनोद गासाई १ सय २९ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका प्रतिमा खत्रीले ६१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सदस्यमा गठबन्धनका रमेश जैसी र युवराज सिंह विजयी भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad