December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

नेपालमा जलवायु परिवर्तनको जोखिम र हाम्रो भुमिका

दिनेश कार्की । काठ्मान्डौ

विषय प्रवेश
सन् २०२२ को अगस्ट महिनामा इजिप्टमा जलवायु परिवर्तन सम्बन्धि महा–सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा २०० भन्दा बढि देशका राष्ट्र प्रमुखहरुले भाग लिए । २००० अनुसन्धानकर्ताहरुले प्रस्तुत गरेको कार्यपत्रमा विश्वभरिका ३५,००० मानिसहरु सहभागि भए ।
सन् २०१४ मा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामाले एउटा ट्विट गरे ‘‘जलवायु परिवर्तनको मार खेप्ने हामि पहिलो पुस्ता हौं र यस्को बारेमा केही गर्ने अन्तिम पुस्ता ।”
२०७९ साल मंसिर ४ गते नेपालमा आम निर्वाचन सम्पन्न भयो । इतिहाँसमा पहिलोपटक नेपालका प्रमुख राजनीतिक पार्टीहरुले जलवायु परिवतर्नको मुद्दालाई आफ्नो घोषणा–पत्रमा समावेस गरे ।
आज किन जलवायु परिवर्तनको विषयमा सबैको चासो बढेको छ ? जलवायु परिवर्तन के हो ? यसका सम्भावित चुनौती र जोखिमहरु के के छन ? र यसबाट जोगिन कस्तो प्रयास आवस्यक छ भन्ने बारे यो लेखमा चर्चा गरिएको छ ।

के हो जलवायु परिवर्तन ?
जलवायु परिवर्तन सामान्यतया ३० बर्ष वा त्यो भन्दा लामो अवधिसम्म तापक्रम र मौसमको ढाँचामा भएको परिवर्तित अवस्था हो ।
कहिलेकाँही हामिहरु ‘‘मौसम” र ‘‘जलवायु” उस्तै उस्तै ठान्छौं र झुकिन्छौं । यदि कसैले ‘‘म बिहान घरबाट निस्किदा झलमल्ल घाम लागेको थियो । एक घण्टा पछि अचानक बादल लाग्यो र पानी पर्न थाल्यो” भनेर भन्यो भने उस्ले मौसमको बारेमा कुरा गर्दैछ भन्ने बुझ्नु पर्छ । तर कसैले ‘‘तपाँई असार–श्रावणको महिनामा नेपाल जाँदै हुनुहुन्छ । नेपालमा यो बर्षातको मौसम हो । छाता लिन नर्बिसनुहोला” भनेर सल्लाह दिँदैछ भने उस्ले जलवायुको वारेमा कुरा गर्दैछ भन्ने बुझ्नु पर्छ । मौसम छोटो अवधिको वायुमण्डलको अवस्था हो भने जलवायु ३० वर्ष वा त्यो भन्दा लामो अवधिको औसत तापक्रम, उष्णता र वर्षाको अवस्था हो ।

 

जलवायु परिवर्तनको कारण
पेट्रोल, डिजल जस्ता पेट्रोलीयम पदार्थको अत्यधिक प्रयोग, अव्यवस्थित खेति प्रणाली एवम् औद्योगिक कल–कारखानाहरुबाट कार्बनडाइअक्साईड, मिथेन, नाइट्रस अक्साईड एवम् क्लोरोफ्लोरो कार्वन जस्ता हरितगृहग्याँसहरु वायुमण्डलमा उत्सर्जित हुन्छन । पृथ्वीको सतहमा ठोक्किएर फर्किएका सुर्यका किरणहरुलाई हरितगृहग्याँसहरुले सोस्छन र वायुमण्डललाई न्यानो बनाउन मद्दत गर्छन । अहिले वायुमण्डलको औसत तापक्रम १५० से. छ । यदि वायुमण्डलमा हरितगृहग्याँसहरु नभएको भए पृथ्वीको औसत तापक्रम –१८० से. हुने थियो । यदि यसो भएको भए नेपाल जस्ता विकाशसिल राष्ट्रका जनताहरुलाई जिवनयापन गर्न कठिन हुने थियो । तर वायुवण्डलमा हरितगृहग्याँसहरुको अत्यधिक उपस्थितिका कारण विश्वव्यापि तापक्रम बृद्धिको जोखिम बढेको छ । यो नै जलवायु परिवर्तनको प्रमुख कारण हो ।

जलवायु परिवर्तनका सम्भावित असर र जोखिमहरु
सन् १८५० देखि १९०० सम्मको अवधिलाई पूर्व–औधोगिक वर्षको रुपमा चिनिन्छ । त्यस अवधिदेखी अहिलेसम्म पृथ्विको तापक्रम १.१० से. ले बृद्धि भएको छ । त्यसैगरी वायुमण्डलमा कार्वनडाईअक्साईडको मात्रा पनि ५० प्रतिसत बृद्धि भएको छ । यदि यहि दरमा हरितगृहग्याँस उत्सर्जन हुँदै गयो भने सन् २१०० सम्ममा पृथ्वीको तापक्रम २० से. सम्म बढ्ने आँकलन गरिएको छ । कुनै कुनै वैज्ञानिकहरुले त ४० से. सम्म तापक्रम बढने प्रक्षेपन पनि गरेका छन् ।
यस्तो नहोस भन्ने कामना गरौं । यदि यस्तो भैहाले भने हामिले धेरै ठूला जोखिम र विपत्तिहरुको सामना गर्नुपर्ने छ । पृथ्वीमा तातो हावा÷लू चल्न सुरु हुनेछ । जमिनहरु सुख्खा भएर कृषि उत्पादनमा ह्रास आउनेछ । डढेलोको प्रकोप बढ्ने छ । समुद्र सतह नजिकका बस्तिहरु डुब्नेछन् । बाढि पहिरोको प्रकोप¬बाट ठुलो धनजनको नाश हुनेछ र मानविय क्षेती हुनेछ । जैविकविविधतामा ह्रास आउनेछ र केही प्रजातीहरु सदाका लागि लोप हुनेछन । जलवायु परिवर्तनको असर विश्वभरि पर्नेछ । तर जोखिमलाई न्यूनिकरण गर्ने स्रोत र क्षमताको अभावमा नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरु बढि प्रभावित हुने छन ।

नेपालमा जलवायु परिवर्तनका असर र जोखिमहरु
नेपालको भौगोलिक बनौट, प्राकृतिक स्रोत माथिको निर्भरता एवम् जलवायु परिवर्र्तनको असरलाई न्यूनिकरण गर्ने सिमित स्रोत साधनका कारण नेपाल जलवायु परिवर्र्तनको जोखिममा छ । नेपालमा जलवायु परिवर्तनका प्रमुख असर र जोखिमहरु यसप्रकार छन ।

बाढी, पहिरो एवम् भूक्षय
दशकौंदेखि नेपालको मलिलो माटो बगेर जाने क्रम जारि छ । प्रत्यक बर्षातको मौसममा हामिहरुले साना÷ठूला पहिरोहरु ब्यहोरिरहेका छौं । अत्यधिक बर्षाका कारण आउने दिनहरुमा भूक्षय एवम् बाढिको प्रकोप अझ बढ्नेछ । यसले गर्दा कृषी उत्पादनमा ह्रास आउने छ, भौतिक संरचनाहरु नष्ट हुनेछन र आर्थिक एवम् मानविय क्षेती ब्यहोर्नु पर्ने छ ।

 

हिमालमा हिउँको कमी
तापक्रम बृद्धिका कारण नेपालका ८,००० मि. भन्दा अग्ला हिमालहरुको एक तिहाई हिउँ पग्लिसकेको छ । यहि दरमा हिउँ पग्लिने क्रम जारि रहयो भने हिमालको सुन्दरतामा ह्रास आउँने छ । यसले पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा नकारात्मक असर पार्ने छ । यस्का अतिरिक्त अत्यधिक हिउँ पग्लनाले हिमतालहरु फुट्ने खतरा बढ्ने छ । र त्यो भन्दा तल रहेका बस्ति, खेत एवम् प्राकृतिक स्रोतहरु जोखिममा रहने छन ।

खानेपानीको अभाव
मुस्ताङ जिल्लाको ‘‘धें” भन्ने गाउँ सताब्दीऔं देखि अस्तित्वमा थियो । तापक्रम बृद्धि र कम बर्षाका कारण त्यहाँका पानीका श्रोतहरु सुके । पानीको अभावमा जिवन चलाउन र खेतीपाती गर्न सम्भव भएन । आज भन्दा झन्डै १० वर्ष अघि त्यो वस्तिका मानिसहरु अन्यत्र बसाई सराई गर्न बाध्य भए । यो नेपालको इतिहाँसमा जलवायु परिवर्तनका कारण बसाई सराई भएको पहिलो घट्ना हो । हिन्दूकुश हिमालयन क्षेत्रबाट विश्वका १० प्रमुख नदीहरु बग्छन । यी नदीहरुले विश्वका ५० प्रतिशत मानिसहरुको पानीको आवश्यकता परिपूर्ती गर्छन । तापक्रम वृद्धि सँगै हिमालयमा रहेका हिउँहरु पग्लदा समय सँगै नदीमा पानीको मात्रा घट्ने छ । यस्ले विश्वका ५० प्रतिशत मानिसहरुको खानेपानीको आपुर्तीमा प्रत्यक्ष रुपमा नकारात्मक असर पार्ने छ । यस्का अतिरिक्त सिचाइका लागि पानीको कमि हुने छ र कृषि उत्पादनमा ह्रास आउँने छ । यी नदीहरुमा आश्रित जलविद्युतहरुको उत्पादन क्षमता घट्ने छ र विद्युत आपुर्ती कम हुने छ ।

रोगहरुको बृद्धि
तापक्रमको बृद्धिले भाइरस र ब्याक्टेरीयाहरुको संख्या बृद्धि गर्न मद्दत गर्छ । यस्ले किरा, फटेङ्गग्राहरुलाई अन्य भू–भागमा पैmलिन पनि मद्दत गर्छ । केही बर्ष अघिसम्म लामखुट्टेहरु नेपालको तराई भागहरुमा मात्रै सिमित थिए । तापक्रम बृद्धि सँगै यिनिहरु विस्तारै पहाड र हिमालसम्म पैmलिए र रोग पैmलाउन थाले । गत वर्ष लामखुट्टेको टोकाईबाट हुने डेंगू रोगबाट नेपालमा जम्मा ५४१ जना मात्र संक्रमित थिए । यो वर्ष डेंगू संक्रमितहरुको संख्या अत्यधिक रुपमा वृद्धि भयो । ५४ हजार भन्दा मानिसहरु संक्रमित भए र ६० जनाले ज्यान गुमाए । जलवायु परिवर्तनका कारण आगामि दिनहरुमा हामिहरुले थप नयाँ रोगहरुको सामना गर्नुपर्ने अवस्था सृजना हुने छ ।

अन्य असर एवम् जोखिमहरु
सुुख्खा मौसम एवम् अतिवृष्टीका कारण कृषि उत्पादनमा कमि भई खाद्य सुरक्षा एवम् आर्थिक अवस्थामा नकारात्मक असर पर्ने छ । खोला नदी नजिक रहेका बस्ति एवम् खेतहरुमा बाढीको जोखिम बढ्नेछ । जैविक विविधतामा ह्रास भई केही वनस्पती, किटपतंग एवम् जिवजन्तुका प्रजातीहरु सदाका लागि लोेप हुनेछन ।

जलवायु परिवर्तन न्यूनिकरणमा नेपालको प्रयास
जलवायु परिवर्तनको असर र जोखिमलाई न्यूनिकरण गर्न सन् २०१६ मा नेपाल ले विश्वका अन्य १९४ राष्ट्रहरुसँगै अन्तराष्ट्रिय पेरिस सम्झौतामा हस्ताक्षर गरेको छ र २१ औं सताब्दीको अन्त्य सम्ममा तापक्रमको बृद्धिलाई १.५० से.मा सिमित राख्ने प्रतिवध्दता जनाएको छ । यस्का लागि उर्जा, वन, कृषि, उद्योग एवम् फोहोर व्यवस्थापन क्षेत्रका लक्ष्यहरु निर्धारण गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुल उर्जाको १५ प्रतिशत स्वच्छ उर्जा ९ऋभिबल भ्लभचनथ० बाट आपुर्ती गर्ने, ९० प्रतिशत व्यक्तिगत र ६० प्रतिशत सार्वजनिक यातायातका साधनहरु विद्युतीय बनाउने लक्ष्य राखेको छ । यी लक्ष्यहरु पुरा भए अहिलेको भन्दा २८ प्रतिशत हरितगृहग्याँसहरुको उत्सर्जनमा कमि आउने छ । त्यसैगरी सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीहरुले विद्युतीय चुलोको प्रयोग गर्ने र सन् २०२५ सम्ममा ५ लाख सुधारीएको चूलो र थप २ लाख वायोग्याँस स्थापना गर्ने लक्ष्य राखेको छ । यी प्रयासहरुले सन् २०२२ सम्ममा ११ प्रतिसत र सन् २०३० सम्ममा २३ प्रतिशत उत्सर्जन कम गर्न मद्दत गर्नेछन । वायुमण्डलमा रहेको कार्वनडाईअक्साइड ग्याँसलाई रुख विरुवाहरुले सोसेर वातावरणलाई सन्तुलित राख्न ठूलो मद्दत गर्छन । नेपाल सरकारले सन् २०३० सम्ममा देशको ४५ प्रतिशत भू–भागमा वनजङ्गल कायम राख्ने लक्ष्य लिएको छ । नेपाल सरकारले सन् २०५० को अन्त्य सम्ममा हरितगृहग्याँसको उत्सर्जनलाई कूल–शून्य (Net-zero) मा झार्ने घोषणा गरेको छ ।

हाम्रो भुमिका
सबै देशहरुका आ–आफ्ना भौगोलिक सिमानाहरु छन । केही विश्वव्यापी चूनौतिहरुलाई देशको भौगोलिक सिमानाहरुले छेक्न सक्दैनन् । सन् २०१९ को अन्त्य तिर चिनको ओहान प्रान्तमा पहिलो पटक कोभिड भाइरस देखियो । त्यो भाइरस विस्तारै–विस्तारै युरोप, अमेरिका र एशिया हुँदै विश्वभरि पैmलियो । विश्वभरिका करोडौं मानिसहरु यस्को संक्रमनमा परे र लाखौँ मानिसहरुले ज्यान गुमाए ।
झण्डै एक वर्ष अघि रुसले युक्रेन माथि आक्रमण सुरु ग¥यो । यी दुबै देशहरु नेपालबाट हजारौं कोश टाढा छन तर त्यसको प्रत्यक्ष असर हामिले तुरन्तै व्यहोर्नु प¥यो । युद्ध सुरु भएको दोस्रो दिन हाम्रो देशमा अप्रत्याशित रुपमा पेट्रोल, डिजलको मूल्य आकासियो ।
विश्वव्यापि चुनौतिहरुको सामनाहरु पनि मिलेर विश्वव्यापि रुपमा नै गर्नुपर्ने हुन्छ । एउटा देश अथवा समाजको प्रयास पर्याप्त हुँदैन । अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी वायोटेक मिलेर ‘‘फाइजर” नामको कोभिडको भ्याक्सिनको आविष्कार गरे । वायोटेक कम्पनी टर्कीका आप्रवासीहरुले स्थापना गरेका हुन भने फाइजर कम्पनीका प्रमुख कार्यकारी अधिकृत ग्रिक देशका आप्रवासि हुन । ग्रिक र टर्की विच दशकौं देखी दुश्मनी छ । यिनिहरु एक अर्कालाई घृणा गर्छन् । तिनै देशका नागरीकहरु प्रवासमा एक अर्कासँग मिलेर काम गरे र फाइजर भ्याक्सिन आविस्कार गर्न सफल भए । यो भ्याक्सिनले लाखौं मानिसहरुको जिवन रक्षा गर्न मद्दत पु¥यायो । यो आविस्किारले विश्वका लागि सहकार्यको नमुना प्रस्तुत ग¥यो ।
जलवायु परिवतर्नको असर र जोखिमलाई न्यूनिकरण गर्न यस्तै सामूहिक प्रयास र सहकार्य आवश्यक छ । विकशित देशहरुको तुलनामा विकाशसिल देशहरुको हरितगृहग्याँस उत्सर्जनको दर धेरै कम भएता पनि सबै देश, समाज र व्यक्तिहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याए पछि मात्रै २१ औं सताब्दीको अन्त्य सम्ममा पृथ्वीको बढ्दो तापक्रमलार्य १.५० से.को सिमा भित्र सिमित राख्न सम्भव हुन्छ । यसका लागि हामिले हाम्रो जिवनयापन र दैनिक क्रियाकलापहरुलाई जलवायुमैत्री बनाउनु जरुरी छ । हामिहरुले सौर्य उर्जा र विद्युतीय गाडीको प्रयोग, विद्युतीय चूलो, सुधारीएको चूलो र वायो ग्याँसको प्रयोग, वृक्षारोपन, वन व्यवस्थापन, कृषि–वन, व्यवस्थीत खेती प्रणाली, फोहोर व्यवस्थापन जस्ता जलवायु मैत्री गतिविधिहरुको अभ्यास गर्न आवश्यक छ । पूर्व अमेरिकी राष्ट्रपती बाराक ओबामाले भने जस्तै जलवायु परिवतर्न न्यूनिकरणको प्रयास गर्ने हामि अन्तिम पूस्ता हौं । अर्को पुस्तालाई यो अवसर प्राप्त हुने छैन । किनकी जलवायु परिवर्तनको असर र जोखिमले एउटा निश्चित सिमा नाघिसकेपछि त्यो यति विशाल रुपमा प्रकट हुन्छकी त्यसको सामना गर्नेे हामिसँग समय र क्षमता दुबै हुँदैन ।
लेखक खलङ्गा जाजरकोट, हालः सुकेधारा, काठमाडौं निवासी हुनुहुन्छ । लेख रचना लेखकका ब्यक्तिगत विचार हुन्

Khalanga1965@gmail.com

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad