पार्वती थापा
यो समयमा वर्षा सुरु भैसकेको भएर नि होला हामी सवैको मनले ढ्याङ्ग्रो ठोकेको थियो । एकातिर डर थियो भने अर्कोतिर रहर पनि । डर पनि किन नलागोस आकाश कालो निलो भै खुव रिसाए झैँ देखिन्थ्यो । उसको यो रुपले हामी शसङकित बनेका थियौ र यो भ्रमण योजना स्थगन गरि उपयुक्त समयमा निर्धारण गर्न सल्लाह दियौ तर हामीले भनेजस्तो भएन भ्रमण अनिवार्य गर्ने निर्णय गरियो ।
श्री त्रिभुवन माध्यमिक विद्यालय नेपाल सरकारको नमुना विद्यालयमा छनौट भैसकेपछि नमुना कार्यक्रम अन्तरगत अन्तर विद्यालय भ्रमणको कार्यक्रम पनि योजनामा राखिएको रहेछ सोहि योजना अनुसार शैक्षिक वर्ष २०७८ को भ्रमण मिति २०७९÷३÷१४ गतेदेखि २०७९÷३÷१८ गतेसम्म तय गरिएको थियो ।जुन भ्रमण शिक्षक, विद्यार्थी , विद्यालय व्यबस्थापन समिति , शिक्षक अभिभावक संघ लगायत संलग्न रहने गरि गर्नुपर्ने थियो । त्यसैले कक्षा १० का ३० जना छात्रछात्रा भ्रमण छनौटमा परेका थिए भने केहि विद्यालय व्यवस्थापन समितिका सदस्य , केहि शिक्षक अभिभावक संघका सदस्य लगाएत हामी शिक्षक स्टाफ गरि जम्मा ४५ जनाको सङख्यामा भ्रमण टोली निर्माण भएको थियो ।
यो वर्षको वर्षा सुरु भैसकेको हुनाले यात्राको क्रममा आउन सक्ने सम्भावित समस्याका कारण म लगाएत केहि साथिहरुले नजाने मनस्थिति वनायौ तर भ्रमणमा छनौट भएका छात्राका अभिभवकले आफ्नो वच्चाको सुरक्षाको लागि जसरी पनि जान अनुरोध गर्नुभयो । उहाहरुले हामीप्रति गरेको विश्वासलाई हामीले तोडन सकेनौ त्यसैले छात्रछात्राको संरक्षकत्व प्रदान गर्न हामी यो भ्रमण जाने निर्णयमा पुुग्यौ तर केहि साथिहरु आफ्नो व्यक्तिगत समस्याका कारण यो भ्रमणमा सहभागि हुन सक्नभएन ।
यो भ्रमणको संयोजकत्व सत्यनारायण मण्डललाई तोकिएको थियो उहाकै योजना मुताविक मिति २०७९÷३ ÷१४ गतेदेखि यात्रा सुरु गरियो । यो भ्रमणमा पहिलो दिन श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय कोहलपुरको विद्यालय भ्रमण गरि बास बस्न बुटवल पुुग्ने योजना थियो सोहि योजना अनुसार हाम्रो यात्रा सुरु भैसकेको थियो । केहि समयपछि छेडाचौरमा खाजानास्ता खाएर पुनः अगाडि बढियो करिब २ वजेतिर कोहलपुर पुगियो । हामी सबैलाई भोक लागिसकेकोले बसपार्क नजिकैको होटेलमा गएर फटाफट खाना खाई विद्यालय भ्रमणका लागि निस्कयौ । जव हामी त्रिभुवन माध्यमिक विद्यालयको गेटमा प्रवेश गर्यौ तव हामीलाई स्वागत गर्न त्यस विद्यालयको प्रधानाध्यापक श्री देव कुमारी थापा आफै उपस्थित हुनभएको रहेछ । उहासँग परिचय भएपछि उहाले हामीलाई विद्यालयको स्टाफ कक्षमा लिएर जानुभयो र विद्यालयमा भएका गतिविधि लगायत केहि नमुना अभ्यासको जानकारी गराउनभयो केहि समयको छलफल पछि उहासँग विदावारी भै हामी निस्कियौ हामी निस्कदै गर्दा पठनपाठन भैरहेको थियो हामीले त्यस विद्यालयको समग्र वातावरणको अवलोकन गर्यौ र सो विद्यालय हाम्रै विद्यालयको समकक्षी विद्यालय भएको ठहर गर्यौँ ।
विद्यालयको अवलोकन गरि बाहिर निस्कदा करिब ४ वजिसकेको थियो हामी जसरी पनि बुटवल जानुपर्ने थियो तर हाम्रो विद्यालयमा कार्यरत शिक्षक श्री राजेश शर्मा सर पृतिशोकमा रहनभएको थियो उहाको निवास कोहलपरमै रहेको हुदा हामीले उहाको निवासमा पुुगेर पृतिशोकमा रहनभएका राजेश सर लगायत उहाँको परिवारजनलाई समवेदना प्रकट गर्ने निर्णय गरि उहाकै घरमा गई समवेदना प्रकट गर्यौ र उहासँग विदावारी भै बुटवलको लागि यात्रा अगाडि बढायौ । यात्राको क्रममा रमाइला गफ र विचविचमा विद्यार्थीले गाएका गितले अत्यन्तै रमाइलो भैरहेको थियो ।
हामीलाइृ बुटवल पुुग्न समय लाग्थ्यो तर रात परिसकेको थियो । हाम्रो त्यो यात्रालाई सहजीकरणका लागि हाम्रो विद्यालयका सहायक प्रधानाध्यापक श्री हरि बहादुर वस्नेत सरले महत्वपुर्ण भुमिका निभाईरहनुभएको थियो । उहाँ आफ्नो व्यक्तिगत समस्याका कारण यो यात्रामा सहभागि हुन सक्नभएको थिएन तर हामीलाई अप्ठेरो नपरोस भनेर हामीप्रति पूर्ण जिम्मेवारी वहन गरिरहनभएको थियो उहाले बुटवल कार्यरत शिक्षक स्थानेश्र वस्याल सरसँग सम्पर्क गरि हाम्रो होटेल बासका लागि व्यवस्था गरिदिनभएको रहेछ हामी बुटवल पुुग्दा करिव ११ बजिसकेको थियो झिमझिम पानी परिरहेको थियो सडकमा लामो दुरीका गाडिहरु मात्र गुडिरहेका थिए । ट्राफिकले सिटी फुकेर गाडि रोक्न र जान संकेत गरिरहेको थियो झिलिमिली वत्ति हरु वलिरहेकोले मानौ वर्षाको अध्यारो रातमा जुनकिरीले थरीथरीका वत्ति वालेर शोभायमान बनाएको झै भान हुन्थ्यो । राति भएकोले सूरुमा होटेल पत्ता लगाउन केहि समस्या परेतापनि केहि समयमै पत्ता लगाइ हामी होटेल एस आार मा पुुग्यौ । होटेलमा पुुगिसकेपछि साँझको खाना खाई करिब रातिको १२ बजेतिर सबै सुत्यौ ।
असार १५ गते दहि चिउरा खाने दिन भएकोले होटेलमा नास्तासँगै दहि चिउरा बनेको रहेछ । हामी त्यो दिन बिहान उठेर फ्रेस भै नास्ता खाने ठाउँमा गयौ हाम्रा विद्यार्थी भाईबहिनीहरु रमाईरहेका देखिन्थे । त्यतिवेलासम्म हामीलाई भेट्न स्थानेश्र वस्याल सर आईसक्नभएको रहेछ उहासँग केहि समय भलाकुसारी गरि सबैले खाजानास्ता खाई उहासँगै हामी श्री कालिका महाज्ञान नमुना विद्यालयको भ्रमणका लागि निस्कियौ ।संयोगवस त्यो दिन विद्यालयले विदा दिएको रहेछ तर विद्यालयका प्रधानाध्यापक श्री दिनेश थापासँग समय मागिएको थियो । हामी विद्यालय पुुग्दा उहाँ विद्यालयमा आइसक्नभएको थियो ।यो विद्यालय नेपालकै उत्कृष्ट विद्यालयको रुपमा चिनिएको थियो । समाजिक सन्जालमा पनि चर्चामा आईरहेको थियो त्यसैले हामीलाई यो विद्यालय चासोकोे विषय बनेको थियो ।
जब हामी श्री कालिका महाज्ञान विद्यालयमा प्रवेश गर्यौ तव सो विद्यालयको भौतिक संरचना देखि लिएर प्रशासनिक सांगठनिक तथा शैक्षिक व्यबस्थापनका लागि गरेको अभ्यास साच्चिकै उदाहरणीय थियो । सो विद्यालयबाट हामीले सिक्नुपर्ने कुराहरु धेरैे थिए । विद्यालयको वारेमा जानकारी दिन प्रधानाध्यापक श्री दिनेश थापा र वि व्य स अध्यक्ष श्री होम बहादुर दर्लामी उपस्थित हुनभएको थियो । उहाहरुसँग विद्यालय राम्रो बनाउन गरेका अभ्यासको विषयमा वृहत छलफल गरि सो विद्यालयको वारेमा जाकारी प्राप्त गरियो ।
श्री कालिका महाज्ञान विद्यालयले गरेका अभ्यास र हामीले सो विद्यालयबाट सिक्नुपर्ने कु्रा तपशिल बमोजिम उल्लेख गरिन्छ ।
हरेक कार्यमा शिक्षक अगाडि होइन विद्यार्थीलाई अगाडि लगाउने गरेको ।
सबै स्टाफले साझा लक्ष्य लिएर एकजुट भै काम गर्ने र त्यसको श्रेय पनि सबैले लिने गरेको ।
पदको आधारमा नभई कामको आधारमा व्यक्तिको मूल्याङकन गरिएको ।
शिक्षक सहजकर्ताको रुपमा मात्र प्रस्तुत हुने गरेको ।
स्मार्ट वोर्डको प्रयोग गरि शिक्षण गर्ने गरेको
प्रत्येक शिक्षकले प्रत्येक वर्ष नयाँ योजना सहित शिक्षण गर्ने गरेको । र्भच्युवल कक्षा सन्चालन गर्नुपरेमा पनि नयाँ नयाँ विधि अपनाउनपर्ने
कुनै शिक्षक अनुपस्थित भएर कक्षा खालि रहन गएमा कक्षाकै राम्रा विद्यार्थीद्धारा सिकाई सहजीकरणको गर्ने गरेको
कुनै पनि शिक्षक स्टाफको विचमा असमान व्यवहार नहुने ।
खेलकुुद शिक्षकले नियमित खेल अभ्यास गराउने विशेष गरेर् खेलकुद प्रतियोगिताको समयमा खेलाडि छनौट गरि खेलाडिलाई होस्टेलमा राखेर खेल अभ्यास गराइने ।
भौतिक संरचना निर्माण गर्दा योजना दिने कार्यालयको स्टमेट भन्दा विद्यालयको आवश्यकतालाई मध्यनजर राखी विद्यालयले नै जिम्मा लिएर निर्माण गर्ने गरेको यसो गर्दा योजना वितरक निकायले कुनै आपत्ति नजनाउने गरेको ।
विद्यार्थी भर्नाको समयमा अनिवार्य अभिभावक उपस्थित भै गराउनुपर्ने ।
प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने गरेको ।
अंग्रेजी र नेपाली भाषाका माध्यमबाट पठनपाठन गर्ने गरेको
प्रत्येक विद्यार्थीको रेकर्ड फाइल खडा गरि मूल्याङकन गरिएको ।
अभिभावकमा आमालाई सक्रिय राख्एिको ।
प्रधानाध्यापकले आफ्नो पूरै समय विद्यालयलाई दिएको ।
शिक्षकको राम्रो व्यवस्था मिलाएको । शिक्षक संख्या साढे ३ सय रहेको ।
प्रत्येक विद्यार्थीबाट वार्षिक ६ हजारदेखि १२ हजारसम्म शुल्क लिने गरेको ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेक दिन विद्यालयमा आउने र अन्य पदाधिकारी पालोपालो गरेर विद्यालयमा आउने गरेको ।
माथि उल्लेखित अभ्यास हामीले हाम्रो विद्यालयमा गर्दा हाम्रो विद्यालयले सिकाईको क्षेत्रमा फड्को मार्ने कुरामा दुुई मत छैन । तर यी अभ्यास गर्न यहाँ सबैको साथ अनिवार्य छ । यो विद्यालयप्रति हेर्ने दृष्टि वदल्नु अनिवार्य छ । प्रशासकले चाहे सम्भव छ यो अभ्यास हाम्रो विद्यालयमा गर्ने वातावरण सिर्जना गर्न प्रशासकलाई अनुरोध गर्दछु।
श्री कालिका महाज्ञान विद्यालयको भ्रमण पश्चात हामी स्थानेश्वर सर ।कार्यरत विद्यालय श्रीशान्ति नमुना माध्यमिक विद्यालयमा भ्रमणका लागि जाने निधो गरि त्यतै लाग्यौँ सो विद्यालयमा पुुग्दा हाम्रो स्वागतको लागि स्थानेश्वर वस्याल सर गेटमै पुुग्नभएको रहेछ । त्यहाँ पुुगेर सो विद्यालयको भौतिक संरचाना ,फरकफरक डिपार्टमेन्ट खडा गर्नु , वातावरणीय सरसफाईमा विशेष ध्यान दिनु , वालमैत्रि कक्षा निर्माण गरि सिकाई गर्नु आदि राम्रा अभ्यासको जानकारी लिइ सो विद्यालयबाट होटेलमा फर्कियौ ।
हामीले अन्त्तर विद्यालयको भ्रमण सकिसकेका थियौ । हामीले विद्यालय भ्रमणसंगै शैक्षिक भ्रमण पनि जोडेका थियौ त्यसैले हामी होटेल फर्केर केहि समयको विश्रामपछि गौतम बुद्धको जन्मस्थल लुम्विनीतिर हानियौँ । लुम्विनी पुुगेर लुम्विनी रेष्टुरेन्टमा खाना खाई प्रधानाध्यापक भक्त बहादुर मल्ल सर व्यक्तिगत कामको शिलशिलामा काठमाण्डौ जानुुभयो भने वाँकि सबैले गौतम बुद्धको जन्मस्थलमा रहेका मायादेवी मन्दिर , अशोक स्तम्भ लगायत विभिन्न देशले निर्माण गरेका विभिन्न शैलिका मन्दिरको अवलोकन गर्यौँ । अबेर भैसकेको थियो हामी नजिकै रहेको होटेलमा बास बस्न पुुग्यौ ।
असार १६गते विहान ५ वजे हामी पोखरा भ्रमणको लागि तयार भयौँ । १५ गतेको अविरल वर्षाको कारण सडक बन्द हुने खतरा थियो तैपनि हामी पोखराका जाने निर्णयमा पग्यौ । विभिन्न ठाउँमा वर्षाले प्रभावित पारेका समाचारहरु आईरहेका थिए तर हाम्रो यात्रा निरन्तर अगाडि बढिरह्यो । पोखरा जाने वाटोमै सीटि टेम्पल पर्दोरहेछ यसको पनि अवलोकन गर्ने रहर हामी सवैमा जाग्यो र सिजी टेम्पलको अवलोकन गरि खाना खाई पुनः पोखराको यात्रा अगाडि बढायौ । केहि समय पछि पोखरा पुुगेर होटलमा बास बसियो । असार १७ गते विहान हामी शिव मन्दिर गुप्तेश्वर महादेवको मन्दिर दर्शनमा गयौँ । डेविट फल्स, फेवा ताल ,ताल वराहि मन्दिर, माछापुच्छ«े, अन्नपुर्ण लगायत पोखरामा भएका मनोरम प्राकृतिक दृश्यहरुको अवलोकन गरि मध्यपहाडि लोकमार्ग हुदै फर्किने निर्णय गरियो । पोखराबाट तेज वहादुर खत्री सर काठमाण्डौ जानुुभयो भने वाँकि सबै घरतर्फ फर्कियौ । त्यो दिन हामी बाग्लुुङ बास बस्ने योजनामा थियौँ सोहि योजना अनुसार यो यात्रा गर्दा विच बाटोमा पर्ने बाग्लुुङ कालिका मन्दिर र बाग्लुुङको अग्लो झोलुुङ्गे पुुलको अवलोकन गरि नजिकै होटेलमा बास बस्यौँ ।
असार १८ गते विहानै हामी गाडिमा चढ्यौँ आज हाम्रो यात्राको अन्तिम दिन थियो हामीले यो यात्राका समयमा पार गर्नुुपर्ने भुुगोलका विभिन्न ठाउँहरुका रहेका मनोरम दृश्यले आनन्दित हुुदै बाग्लुुङको ढोरपाटन होटेलमा विहानको खाना खाई पुुनः यात्रा सुुरु गर्यौँ रुकुुमको कमल दह पुुगेपछि हामीले एकैछिन भएपनि कमल दह र कमलका फुुलसँगै केहि समयका लागि मितेरी गाँसेर उसँग विदाईका हात हल्लाउँदै घरतिर फर्कियौँ । केहि समयपछि जाजरकोट पुुगियो विद्यार्थी भाईवहिनीहरु आआफ्नो घरतिर लाग्नुुभयो । अन्तमा यो यात्राको क्रममा गाडि ड्राइभरलाई सम्झनैपर्ने ठहर गरेँ किनकि ड्राइभरले गर्दा नै हाम्रो यात्रा अत्यन्तै सहज भएको थियो । गाडिको गति न ढिलो थियो न त चाँडो नै थियो । ५ दिनसम्म एउटै गतिमा गाडि गुुडाउने उहाको त्यो कार्यलाई सम्मान गर्दै रेखा शाह मेमले केहि पैसा र फुुल दिई हार्दिकता व्यक्त गर्नुुभएको थियो ।
बेलाबेलामा यस्ता भ्रमणका कार्यक्रम राख्दा शिक्षण पेशामा अनुुभवहरु आदान प्रदान गर्ने अवसर सिर्जना हुुने लगायत विद्यार्थीलाई पाठ्यक्रममा राखिएका कुुरा प्रत्यक्ष देख्ने बुुझ्ने अवसर सिजृना हुुदा सिकाई प्रभावकारी बन्नुुका सार्थै नयाँ परिवेश अवस्थाको जानकारीले ज्ञानमा थप प्रेरणा मिल्ने हुुदा आगामी दिनमा पनि यस्ता भ्रमण कार्यक्रमलाई जोड दिनुुपर्ने निचोड निकाल्दै यात्रा सहज गराउनुु हुुने सम्पुुर्णलाई धन्यवाद दिदै हामी एक अर्कोसँग विदावारीको हात हल्लाउदै आ आफ्नो घरतर्फ प्रस्थान गर्यौ ।