मोटरसाईकल चलाउँदै गर्दा भीरबाट खसेको ढुंगा लागेर युवकको मृत्यु

प्रवाह संवाददाता । जाजरकोट
भीरबाट खसेको ढुंगा लागेर जाजरकोटमा मोटरसाईकलमा सवार एक युवाको मृत्यु भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका ५, को नलगाड हाइड्रोपावरको पहुँचमार्ग अन्तर्गत गेरेनी भीर नजिक मोटरसाईकल चलाइरहेको बेला माथिबाट आएको ढुंगा लागेर पश्चिम रुकुम आठविसकोट नगरपालिका ११ चौर निवासी ३२ वर्षीय अशोक खड्काको मृत्यु भएको हो ।

खाराबाट कालीमाटीतर्फ आउँदै गरेको मोटरसाइकलमा खड्कामाथि गेरेनी भीरबाट ढुंगा खसेको थियो । ढुंगा लागेर गंभिर घाइते भएका उनको उपचारका क्रममा स्वास्थ्य चौकी दल्लीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकलको पछाडीको सिटमा बसेका उनका साथी भने सामान्य घाइते मात्र भएका छन् ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya