April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

जाजरकोटमा पानी परेपछि चिसो बढ्यो, जनजीवन कष्टकर

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भुभागमा हिमपात र दक्षिणी तथा तल्लो भेकमा पानी परेकोे छ । लामो समय पनि बर्षात भएको र हिमपात भएपछि स्थानियहरु बालीनाली सप्रने भन्दै खुसी भएका छन् । हिउँदमा हिउँ परे हिउँदेबाली र फलफुल खेती सप्रने भन्दै स्थानिय किसान खुसी भएका हुन् । मंगलबार देखि बर्षात भएको हो । बुधवार विहानै देखि लेकाली भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परेपछि जिल्लाभर पठनपाठन समेत हुन सकेन ।

पानी परेपछि वातावरण सफा हुनुका साथै पानीका मुहानहरु नसुक्ने , सिंचाई असुविधा भएका पाखोवारीमा लगाएको अन्नपात, फलफुल र तरकारी खेती सप्रने भेरी नगरपालिका २ का मानबहादुर वलीले बताए ।मंगलवार देखिको अविरल वर्षात संगै परेको हिमपातले जिल्लाको ग्रामीण जनजीवन निकै कष्टकर वनेको छ ।

 

हिमपातले चिसो वढेपछि जिल्लाको ग्रामीण भेगका जनताको दैनिक जनजीवनका साथै विद्यालयको पठनपाठन र र अन्य कामकाज नराम्रो संग प्रभावित भएको वलीले बताए । जिल्लाको कुसे गाउँपालिका , वारेकोट गाउँपालिका र जुनीजाँदे गाउँपालिकाका लेकाली वस्तीहरुमा हिमपात भएको छ । वारेकोट क्षेत्रमा पनि हिमपातले चिसो निकै वढेको स्थानीय शिक्षक कालीप्रसाद थापाले वताए । उनले हिमपातका कारण स्थानीयको दैनिक जीवन कष्टपुर्ण भएको वताए । उनले किसानी गरेर खाने र गाइ भैसी पालेका सर्वसाधारणहरुलाइ झन वढी समस्या परेको वताए । घरबाहिर गएर घाँस काट्न नसक्दा समस्या भएको छ । हिमपात र वर्षातका कारण चिसो वढ्ेपछि साना वालवालिकाहरुले स्कुल जान नसकेको र वृद्धवृद्धाहरु र विपन्न समुदायका सर्वसाधारणहरुले वढी कष्ट वेहोरिरहेको थापाले वताए । चिसो बढेपछि स्थानिय आगो बालेर न्यानो गर्ने गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad