प्रवाह संवाददाता । शिवालय
जाजरकोट जिल्ला शिवालय गाउँपालिका शिक्षा युवा तथा खेलकुद शिखाको आयोजनामा शिवालय गाउँपालिका स्तरिय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन भएको छ । विद्याकी देवी सरस्वती पूजा आराधाना सहित भब्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा शिवालय गाउँपालिकाको उपाध्यक्ष श्री गिता शाहीको प्रमुख थित्यता तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मान बहादुर बस्नेतको अध्यक्षता गर्नु भएको थियो । त्यस्तै उक्त कार्यक्रममा शिवालय गाउँपालिकाका निमित्तप्रमुख प्रशासकीय अधिकृत दल बहादुर बाँठा र विभिन्न शाखाका प्रमुख र कार्मचारीहरुको सहभागिता रहेको थियो ।
शिवालय गाउँपालिका अन्तर्गत सञ्चाखलित कक्षा ६ देखि १२ सम्मका विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रति विद्यालय ५ जना विद्यार्थी तथा एक जना शिक्षकको सहभागिता रहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बस्नेतले बताउनु भयो । माघ १२ गतेको लागि तोकिएको सो कार्यक्रम हुन अघिल्लो दिन हिउदे वर्षाको प्रभावका कारण पालिकाका १३ वटा विद्यालयहरु सहभागिता हुनु पर्नेमा अकस्मात मौसममा आएको सुधारका कारण धेरै विद्यालयहरु दुविधामा रहेकोले केही टाढाबाट सहभागिता देखाउने ५ वटा विद्यालय वाहेक ८ वटा विद्यालयहरुले मात्र उक्त कार्यक्रममा सहभागिता देखाएको प्रमुख बस्नेतले बताउनु भयो ।
सो कार्यक्रममा सहभागी ८ वटा विलालयहरु मध्य शिवालय गाउँपालिका वडा नं १ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरिको छ । द्धितिय र तृतीय स्थान क्रमश चन्द्रदिपक माध्यमिक विद्यालय नाहाडा र नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिस्पानीले हात पारेका छन । सान्त्वना हिमालयदेवी आधारभूत विद्यालय भएको हो ।
सो कार्यक्रममा विद्यार्थीहरुमा थप पठन र अध्यान कार्यमा टेवा पुगोस भन्ने हेतुले छुट्याइएको रकमलाई मध्यनजर गर्दै प्रथम स्थान प्राप्त गर्ने विद्यालयका छात्रछात्राहरुलाई नगद तीन हजार रकम रहित २५÷२५ वटा कापी र कलम दिइएको थियो भने द्धितिय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयका छात्रछात्राहरुलाई दुई हजार र एक हजार पाँच सय नगदका साथै २०÷२० सेट कापि र कलम दिइएको थियो ।
यो कार्यक्रम पालिका स्तरिय दोस्रो कार्यक्रम भएको बस्नेतले बताए । पौष २९ गते पालिका स्तरिय अन्तरविद्यालय बक्तित्वकला कार्यक्रम भएकोमा सो कार्यक्रममा पनि स्थान प्राप्त गर्ने विद्यार्थी भाइबहिनीहरुलाई उतप्रेणा होस भन्ने हेतुले केही आर्थिक र स्टेसनरीका सामान वितरण गरिएको थियो ।
सो कार्यक्रम पश्चात आयोजित यो कार्यक्रममा विद्यार्थीहरुमा विगत भन्दा प्रस्तुत हुने तरिका र अध्यानको दायरा केही मात्रामा सुधारीएको पाइएको र यस्ता कार्यकलापहरु पालिका स्तरमा क्रमगत गर्ने प्रतिब्धता सहित कार्यक्रम समापन भएको थियो ।
शिवालय गाउँपालिका स्तरिय यस्ता अन्तरविद्यालय सह तथा अतिरिक्त कार्यकलाप पालिकाको पहलकदमीमा हुनुले विद्यालय तहमा अध्यानरत सिकारुमा प्रतिस्पर्धाको भावना जागृत हुने र विद्यालय तहको पाठयक्रममा रखाई गरिएका तहगत र कक्षागत सिकाइ सक्षमताहरु सहजै पुर्ति हुने तथा अन्तर पालिका तथा अन्तर जिल्ला स्तरीय यस्ता कार्यकलापहरुमा शिवालय गाउँपालिकाका शिक्षण संस्थाहरुमा अध्यनरत सिकारुको अब्बल प्रतिभाको उजागर होस भन्ने आशा आफुमा भएको प्रमुख बस्नेतले बताउनु भयो ।