प्रवाह संवाददाता । जाजरकोट
आसन्न नवौं राष्टिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लामा सन्चालन गरिएका छनोट खेलमा विभिन्न स्थान ल्याउने विद्यार्थीहरुलाइ जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयले सम्मान गरेको छ ।मंगलवार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरेर ती खेलाडी विद्यार्थीहरुलाइफुलमालाअविर सहित सम्मानगरिएको हो ।
विद्यालयले महिलातर्फ कालीकोटमा सम्पन्न भलिवल प्रतियोगितामाप्रथमहुने आशामल्ल, कराँतेमा द्धितीय भएकीनारायणी महतारा, तृतीयभएकाअर्जुन विक, दिक्षा वुढा र सुनीता घर्तीलाइ तीन सय वढी विद्यार्थी शिक्षक तथा अन्यव्यक्तिहरुको उपस्थितिमा माला टीका सहित सम्मान गरेको विद्यालयका सहायकप्रधानाध्यापक जनक केसीले वताए । खेल क्षेत्रमालागेर उत्कृष्ट खेल प्रर्दशनगर्दै जिल्ला र विद्यालयको नामउच्च राखेको भन्दै विद्यालयले सम्मान गरेको उनले वताए । केसीकै विशेष सक्रियता र समन्वयमा खेलाडी विद्यार्थीहरुलाइ सम्मानगर्ने कार्यक्रमभएको हो ।कार्यक्रममा भलिवल प्रतियोगितामा प्रथम भएकी आशामल्ल लगाएतअन्य खेलाडी विद्यार्थीहरुलाइविद्यालयकाप्रधानाध्यापकभक्तवहादुर मल्ललगाएतअन्यशिक्षकहरुले फुलमाला र रातो टीकालगाएर सम्मानगर्दा हलमाउपस्थिततीन सय वढी विद्यार्थीहरुले आसनवाट उठेर गडगडाहट तालीवजाएर सम्मान प्रकट गरेकाथिए ।
कार्यक्रमअवधिभर वजाइएको हामी खेलाडी वोलको गीतमासहभागिअन्यविद्यार्थी र शिक्षकहरुले ताली सहित हुटिंग गरेर ती खेलाडी विद्यार्थीहरुप्रतिहौसला र प्रेरणा प्रदान गरेकाथिए ।सम्मानितभएका खेलाडीहरुले विद्यालयले आफुहरुलाइ सम्मान गरेर अझै अघि वढ्न हौसलादिएको प्रतिक्रियादिए । खेल क्षेत्रमा सफलताहासील गरेका विद्यार्थीहरुका लागि विद्यालयले यस्तो कार्यक्रमआयोजना गरेर सकरात्मक कार्य गरेको सरोकारवालाहरुको भनाइ छ ।यस्तै कार्यक्रमावोल्दै प्रधानाध्यापक भक्तवहादुर मल्लले खेलक्षेत्रमा उत्कृष्ट योगदानदिने विद्यालयका विद्यार्थीहरुलाइ आफुहरुका तर्फवाट विशेष सम्मान र पुरस्कारको व्यवस्थागरिने वताए । उनले खेलाडीहरु समाज र देशकागहनाभएकोले उनीहरुलाइ सवैले सम्मान र हौसलादिनु पर्ने वताए । आगामीजिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्डलाइ मध्यनजर गरेर विद्यालयमा खेलकुदको विशेष तयारी गरिने समेत उनले वताए । विद्यालयले सम्मान गरेका विद्यार्थीहरुलाइ त्रिभुवनमाध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुले जुलुस सहितथाप्लेचौरवाट ठाँटीवजार सम्म पुरयाएकाथिए । सम्मानकार्यक्रममाविद्यालयकापुर्व विद्यार्थीहरु नरेन्द्रजंगशाह, धीरेन्द्रजंगशाह, तुफानश्रेष्ठ, हरिहर विष्ट, गणेश विष्ट, कामना विष्ट, युनिस सिंह, निरोज वि.क. लगाएतका राष्ट्रिय खेलाडीहरुलाइ सम्झदै उनीहरु प्रतिपनि सम्मान भावव्यक्त गरिएको थियो ।


