राष्ट्रिय सुचना दिवसको अवसरमा जाजरकोटमा प्रभातफेरी

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटमा राष्ट्रिय सुचना दिवस मनाईएको छ । शुक्रबार विहान जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी गरेर राष्ट्रिय सुचना दिवस–२०७९ मनाईएको हो ।

प्ले कार्ड र ब्यानर सहित विहान सदरमुकाम खलंगा स्थित ठाँटी बजारदेखि निकालिएको प्रभातफेरी रामजानकी टोल हुँदै गैरीखाली पुगेर समापन गरिएको थियो । प्रतिकुल मौषमका कारण राष्ट्रिय सुचना दिवस मनाउनका लागि पूर्वनिर्धारित कार्यक्रमलाई स्थगन गर्नुपरेको सुचनाको हकका लागि राष्ट्रिय महासंघका प्रतिनीधि गणेश बाँनियाले जानकारी दिए । राष्ट्रिय सुचना दिवस–२०७९ मनाउन सुचनाको हकका लागि राष्ट्रिय महासंघ, जाजरकोट शाखाले ठाँटीदेखि गैरीखालीसम्म प्रभात फेरी गर्ने, गैरीखालीमा औपचारिक कार्यक्रमको आयोजना गरेर सुचनाको हक सम्बन्धि नेपालको संविधान र कानुनले गरेको व्यवस्थाका बारेमा बक्ताहरुले धारण राख्ने कार्यक्रम तय गरिएको थियो । तर प्रतिकुल मौसमका कारण कार्यक्रम प्रभात फेरी मात्र गरेर समापन गरिएको सुचनाको हकका अभियान्ता बाँनियाले भने–‘प्रतिकुल मौषमका कारण औपचारिक कार्यक्रमलाई स्थगित गर्नु पर्यो, शुक्रवार दिनभरी हामीले ठाँटीमा सहायता कक्ष स्थापना गरेर सुचनाको हकलाई प्रयोग गर्दा आबश्यक पर्ने निवेदनको ढाँचाकाबारेमा हामीले दिनभर सर्वसाधारणहरुलाई जानकारी दिने कार्यक्रम तय गरेका छौं ।’

bhumi-sanrakshyan

राष्ट्रिय सुचना दिवस–२०७९ मनाउन जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघ संगको सहकार्यमा सुचनाको हकका लागि राष्ट्रिय महासंघ, कर्णाली प्रदेश जाजरकोटले कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार, नागरिक समाज, कार्यालय प्रमुख, जनप्रतिनीधि, शिक्षक विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya