April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

रेडक्रसलाई जग्गा दान

राजेन्द्र कार्की । जाजरकोट

नेपाल रेडक्रस सोसाईटी बारेकोट उपशाखालाई एक ब्यक्तिले जग्गा दान गरेका छन् । बारेकोट गाँउपालिका २ लिम्सा निवासी किरण सिंहले रेडक्रसलाई जग्गा दान गरेका हुन् ।

 

बारेकोट गाँउपालिकाको प्रशासनिक केन्द्र रहेको लिम्सा नजिकै सिंहको नाममा रहेको रहेको कित्ता नम्बर ६१७ को क्षेत्रफल ०–३–२–१ अर्थात एक सय १३ दशमलब २६ बर्गमिटर जग्गा रेडक्रसलाई प्रदान गरेका हुन् । एक कार्यक्रमका विच जग्गादाता सिंहले नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखाका सभापति हरिवहादुर बस्नेतलाई लालपुर्जा हस्तान्तरण गरेका छन् । जग्गादाताका बुवा मानबहादुर सिंह रेडक्रसका यसस्कर सदस्य तथा जिल्ला कार्य समिति सदस्य छन् ।

 

उनकै पहलमा छोरा किरणले रेडक्रसलाई जग्गा प्रदान गरेका हुन् । परोपकारी संस्थालाई जग्गा दान गर्न पाउँदा खुसी लागेको सिंहले बताए । उक्त जग्गामा रेडक्रस बारेकोट शाखाले भवन बनाउने जनाएको छ । गाँउपालिकाले भवन निर्माणका लागि केही बजेट समेत विनियोजन गरिसकेको छ । रेडक्रस सभापति बस्नेतले जग्गा दान गर्ने सिंह परिवारलाई धन्यवाद दिदै रेडक्रस बारेकोट उपशाखालाई उक्त लालपुर्जा हस्तान्तरण गरिने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad