कुदुमा राप्रपा र नेकपा छोडेर २४ जना काँग्रेसमा

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका १३ कुदुका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका २४ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्रपाका प्रभावशाली नेता धुव्रप्रसाद शर्मा , नेकपाका पदमबहादुर बटाला, हर्कबहादुर बटाला, दलवीर गिरी, डिलबहादुर राना, प्रतिक्षा शर्मा, राजेश विसी, कमारो गिरी, पुर्णबहादुर शाही सहित २४ जनाले पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस १३ नम्बर वडा कार्य समिति द्धारा शुक्रवार कुदुमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु सनतकुमार कार्की, वेदराज सिंह, मुक्ति आचार्य, ज्ञानीप्रसाद शर्मा, मैना कार्की, छवि पन्त लगायतले नवप्रवेशीहरुलाई स्वागत गदै पार्टीमा भित्र्याएका हुन् । नागरिकका ज्वलन्त समस्या समाधान भन्दा कम्युनिष्ट सरकार नाताबाद, भष्टाचार, खुसखोरी, कुशासनमा चुर्लुम्म डुवेपछि वाक्क भएर पार्टी छोडेको पदमबहादुर बटालाले बताए ।

bhumi-sanrakshyan

अहिलेका कम्युनिष्टहरु कमाउनिष्ट भएको भन्दै कुरा एउटा गर्ने र काम अकै गर्ने कम्युनिष्ट चरित्र भएको उनले आरोप लगाए । कार्यक्रममा नेताहरुले कम्युनिष्ट सरकारले तिव्र आलोचना गरेका थिए । जनताका समस्या समाधान भन्दा गुटको राजनिती, सत्तामोह र कमाउधन्दामा सरकारमा बस्नेतहरु चुलुम्म डुवेको नेताहरुको आरोप थियो । कार्यक्रममा काँग्रेस नेताहरु सनत कार्की, वेदराज सिंह, मुक्ती आचार्य, मैना कार्की लगायतले सम्बोधन गरेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya