March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

अफिम सहित दुई जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

लागु औषध अफिम सहित दुई जना रुकुम पश्चिममा पक्राउ परेका छन् । १२ किलोग्राम अफिम सहित जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

जाजरकोट नलगाड ९ का ६० बर्षिय कालीबहादुर सिंह र नलगाड ८ का ३६ बर्षिय मालबहादुर सिंह पक्राउ परेको प्रहरीले जनाएको छ । लुकीछिपी विक्रीका लागि लिने क्रममा रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडीबजारबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

केही समय अघि सोही ठाँउका तीन जनालाई अफिम सहित पक्राउ गरेको थियो । जाजरकोट, रुकुम पश्चिम, रुकुम पुर्व र रोल्पाका विभिन्न ठाँउमा लुकिछिपी अवैध रुपमा अफिम खेती गर्ने गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad