May 7 - 2021, Friday२३ बैशाख २०७८, बिहीबार

खलंगामा स्थापना भएको मालिका बहुमुखी क्याम्पस पैकमा संचालन

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको कुशे गाँउपालिका पैकमा मालिका बहुमुखी क्याम्पस संचालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयको ब्यवस्थापन संकायमा यसै शैक्षिक सत्र देखि उो क्याम्पसमा स्नातक तहको पठनपाठन शुरु हुने भएको छ ।

गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले मंगलवार एक समारोहका विच मालिका बहुमुखी क्याम्पसको उद्घाटन गरेका हुन् । अध्यक्ष बस्नेतले शिक्षाको विकासको दृष्ट्रिकोणले पैक जिल्लाकै अग्रणी स्थलको रुपमा रहेको छ । यही स्थानमा क्याम्पस स्थापना हुनु अन्यान्तै खुसीको कुरा भएको बताए । क्याम्पसको भौतिक तथा अन्य ब्यवस्थापकिय कुरामा गाँउपालिकाले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

उद्घाटन कार्यक्रममा कुशे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले कुशेको शैक्षिक उन्नयनमा मालिका बहुमुखी क्याम्पस कोशे ढुङ्गा सावित हुने विश्वास ब्यक्त गरे । सरोकारवाला सवै मिलेर क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा हातेमालो गर्नु पर्नेमा उनले जोड दिए । क्याम्पस प्रमुख नरेन्द्रबहादुर आरसीले ब्यवस्थापन पढ्नको लागि हजारौ खर्चेर गाँउपालिका बाहिर जानु नपर्ने बताए । उनले क्याम्पस संचालनका लागि बार्षिक योजना र भावी रणनिणी बारे जानकारी गराएका थिए ।

मालिका बहुमुखी क्याम्पस त्रिभवन मावि खलंगाको पहलमा २०६८ सालमा स्थापना भएको हो । यसका संस्थापक क्याम्पस प्रमुख केदारबहादुर शाह हुन् । त्रिभुवन विश्वविद्यालयबाट भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविले एकै साथ ब्यवस्थापन विषयमा सम्बन्धन पाएपछि विद्यार्थी र शिक्षक अभावमा मालिका बहुमुखी क्याम्पस दूई बर्ष संचालन भएर बन्द भएको थियो । सोही क्याम्पसलाई पैकका केही उर्जाशिल युवाहरुले संचालन गर्ने अठोट लिएपछि खलंगामा स्थापना भएको क्याम्पस पैकमा पुनः संचालनमा आएको हो । आफुले स्थापना गरेको क्याम्पस पुनः संचालनमा आउँदा निकै खुसी लागेको संस्थापक क्याम्पस प्रमुख शाहले बताए । उनले क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

Prabaha

Government request for corona