May 7 - 2021, Friday२३ बैशाख २०७८, बिहीबार

शिक्षक ः पढने र पढाउने पात्र वा सिक्ने र सिकाउने

मान बहादुर बस्नेत

विश्व महामारिको रुपमा फैलिएको कोभिड १९ ले हाम्रो देशको शिक्षण सिकाइ सहजिकरण प्रकृया विगतका दिन जस्तै प्रकृयाबाट अगाडी बढन नसकेको तितो यथार्त हामी सामु छर्लङग छ। शिक्षक ज्ञान गुणका कुरा सिकारु तथा समाज सामु समप्रेषण गर्ने एक वौद्धिक र कुशल सचेत सामाजिक प्राणी हो जस्ले कला, शैली, ब्यवहार, संस्कार ब्यक्तित्व परिबर्तनको साचो रुपी भुमिका खेल्नु भएको यथार्तता लाई बिर्सन मिल्दैन।आजको विश्व बजारमा टिकाउने, बिकाउने प्रकृतिको शिक्षाको खाचो भएको अवस्थामा शिक्षा र सिकाइ सम्प्रेषण कर्ता केहि शिक्षकहरु पढने र सिक्ने कित्तामा उभिदै गर्दा पढाउने र सिकाउने पक्षको खडेरी पर्नु तथा शिक्षालाई पुष्तानतरण कुन किसम बाट गर्दै छौ भन्ने गहन प्रश्न उठन्नु एक चिन्ताको विषय हो।

 

शिक्षक बिद्यार्थीको अनतरनिहित प्रतिभाको प्रस्फुटन गराउने एक सकृय पक्ष हो जस्ले कलिला सुकमारा ति फुल्नै लागेका पुस्ता हाक्ने, देश हाक्ने, शैली र ब्यवहार परिवर्तन गर्ने तथा तिनै वाववालिकाको Head, Hand र Heart प्रशिक्षित गर्ने एक सर्जक पनि हो शिक्षक तर आज हामि शिक्षकलाई अपेहिलित शब्दले पुकार्दै छौ जस्ले आजको शिक्षा र भोलिको शिक्षालाई कुबाटो र out  of the track मा लिन एक इट्टा सरह भुमिका खेल्ने छ।शिक्षालाई सिक्नु र सिकाउनु संग तुलना गर्दै गर्दा शिक्षकको काधमा सिकाउने र पढाउने जिम्मेवारी छ।आज हामि शिक्षक र शिक्षण जस्तो बिशुद्ध पृथक पेशा लाई सहज र सरल ढंगबाट बुझदै छौ। पढाउने र सिकाउने तथा त्यो युग र शताब्दिको शिक्षालाई एक कुशल बाटो हाक्ने पात्रहरुलाई नानथरिका यावत शब्दहरुले हामि जिस्काउदै छौरअपेलित गर्दै छौ जस्ले शिक्षा र सिकाइ लाई सहि प्रतिफल नदिने कुरा पक्का पक्की झै छ।

आज प्रास्य शिक्षकको स्वभाब र शिक्षण शैली कक्षामा १० मिनेट ढिला छिर्ने,सिक्न लालहित ति ज्ञानका भोका सिकारुको झोलाबाट उनिहरुलाई सिक्न सजिलो होस भनि नेपाल सरकारले निशुल्क उपलब्ध गराएका पाठ्यपुस्तक झिक्न लगाई एक निर्देशनका खातिर सिकारुलाई एक passive भुमिका किताबमा शिर झुकाएर हेर्ने मा राखिन्छ र आजको एकाइसौ शताब्दि तथा यूगका शिक्षक भनि शिक्षक सेवा आयोग बाट छनैट हुनुभएका शिक्षकहरुले ४५ देखि ६० मिनेट वालवालिकाका किताबमा लेखिएका ति शब्दहरु र वाक्यहरु अक्षराँस पढेर बिताउदै गर्दा हाम्रो शिक्षण सिकाइ सहजिकरण गर्ने तैर तरिका अतित मुखि त भो नै भावि तिन पुस्ताको भविश्यलाई पर्णबिराम लगाउने बाटो उन्मुख भो भन्ने जनगुणसा आम बजारमा हुने गरेका छन।अब सवाल उठछ,सन्दर्भ सामाग्री के का लागीरु पाठ्यक्रम कस्लाइ हो ? Net internet तथा शिक्षा सम्बध विभिन्न website को ले हेर्ने होरु शिक्षकले बाटो देखाउने कि धार्मिक किताब झै पढेर ति अभ्यसत सिकारुलाइ सुनाउने यो एक जटिल मुद्धा बन्दै छ जस्ले भावि पुस्ताको समाज र देश बिकासको ऐजेण्डालाई प्रत्यक्ष असर गर्ने कुरामा कुनै दुई मत छैन।बिभिन्न रोग ब्यादी, प्राकृतिक प्रकोप आनको पिडीले सहदै गर्दा साच्चै यहि शिक्षा प्रणाली र शिक्षण सिकाइ सहजिकरण प्रकृयाले आजको दिनमा काम नर्ने हो तरु अब शिक्षा सम्बध सरोकारवालाहरुले शिक्षकको सिकाउने शैली र प्रणाली तथा प्राविधिक पक्षको खाचोलाई मनन गरि त्यसै अनुकुलको सिकाइ सहजिकरण बनाउने कार्यमा शिक्षकलाई अग्रसर बनाउन उतप्रेणा दिने एक नविन अवसरबाट उम्किनु हुदैन।

हामि धेरै अल्छी र अतित मुखि भयौ, लेख रचना,पत्र पत्रिका, Online शिक्षाको खाचो तथा पहँच बाट धेरै टाढा भयौ। हाम्रा यिनै शैली नै आज सिक्दै गरेका र भोली महान विद्धवान बन्न लालहित वालवालिकाले अनुकरण गर्दै जानेछन त्यसपछि हामि त्यो बेला भन्नेछौ कि शिक्षा अतितमुखि, बिगत उन्मुख पो बन्न लाग्यो भनेर। भोलि गर्ने चिन्ता आज नै गर्दा के फरक पर्ला र ? शंकट आउनु भन्दा पहिले नै शंकटको निराकरण खोज्नु उत्तम हुने भएकाले आजकै दिनमा हामीले Hidden curriculum को अर्थ बुझी सोही अनुसार सिकारुलाई ब्यबहार अनुकरण गराउन तिर इच्छा प्रकट गर्दा नै उत्तम हुनेछ।भन्ने गरिन्छ गुरु सरहको विद्या तथा नानि देखि लागेका वानि आज साच्चि नै गुरुले दिने विद्या र नानी देखि लागेका बानि बिच तालमेल नहुने हो भने भोलिको सिकाइ र शिक्षा दुधको साचि बिरालो भन्ने उख्खान जस्तै साबित हुनेछ।

शिक्षण पेसा जस्तो एक प्राविधिक पेसामा रहेका महान ति ब्यक्तिहरुको सेवा सुबिधा,वृति विकासमा एक जटिल ग्याप राखिदिनु नेपाल सरकारको बर्गीय सोच भन्ने आम जनगुणासो बजार वृतमा सुनिने गरेको पाइन्छ।हामि समाजवाद उन्मुख प्रणालीका सोझा र साची शिक्षण शिकाइमा अहोरात्र खटिएका शिक्षकहरुलाई उहाँहरुले प्राप्त गर्ने सेवा सुबिधा र वृति बिकासको पाटोलाई एक बर्ग रुपि विभेदका रुपमा किन र कहिले सम्मा बनाउने हो सरकाररु शिक्षण पेसामा लागिरहनु भएका आम शिक्षक मित्रहरु चिन्तित हुनुहुन्छ।हामिले किन टि।ए, डि।ए तथा थप इन्सेन्टिभ पाउदैनौ त्यो दिन र ति सुबिभा प्राप्त गर्न हामिले कुन जुनि विताउनु पर्ने होरु यहि हो त साम्यवादमा पुग्ने भिजन र दुरदृष्टिरु वाहिरि बजारमा राजनैतिक दलका घोषणा पत्र तथा अन्तराष्ट्रिय मुल्य मानेता एका थरि हुने गरेका छन त हामिलाइ अर्कै शैली कैले सम्म गरिने हो साचै हामि सधै भरि बर्गीय तप्कामै बाच्नु पर्ने हो तरु ९शिक्षक मित्रहरु सँगको बैठक तथा गन्थन मन्थन पछिको सार०
हो सबै शिक्षक मित्रहरु एउटै परिपाटि र एउटै वर्गका हुनुहुन्छ भनेर आरोप लगाउनु किमार्थ सत्य साचो होइन तर हामि केहि शिक्षकहरु किताब पढने, नाच्न नजान्ने, बिशेष जिम्मेवारिमा रहन नचाहाने, मादल तथा वासुरि नबजाउने, कबिता,कथा,लेख रचना नलेख्ने र नपढने,अरुले गरेको बिरोध र खिस्सि गर्ने, तत्परता नजनाउने, अतिरिक्त कर्याकलापमा चासो नगर्ने,अनुसन्धानको पाटो देख्नै नचाहाने,अधिकारको लडाइ नल्डने, तलबको लागि शिक्षण गर्ने,समय बिताउन कक्षाकोठामा पस्ने,बिद्यालयका बिभिन्न योजनाहरुमा झुकाप नराख्ने आदि पक्षहरु रहनुमा शिक्षक छनौट गर्ने निकायको मुल्याङ्कन गर्ने परिपाटिमा भर पर्ने कुरा हो।यस विषयमा पनि बजार वृतमा विभिन्न शिक्षा सरोकारवाहरुले चिन्ता प्रकट गर्नु एक बिडम्बना सिवाय अरु के नै हुनसक्छ ररु यस्तो परिस्थितिमा हामि पढने वा सिकाउने शिक्षक उत्पादन गर्दै छौ त यो आजको दिनमा एक चिन्ताको विषय हो।

शिक्षा प्रणाली कस्तो हुने भन्ने कुरा त्यो देश र माटोले रोजेको पाठ्यक्रम,भौगोलिक परिवेस,संस्कार,सभ्यता,जिवन शैलि,सामाजिक संरचना, राष्ट्रिय निति नियाम,अन्तराष्टिय सन्धि सन्झौता र त्यो देशको कानुनको पनि कानुनले जस्ता पक्षहरुले दिशा निर्देशित गर्ने गर्दछन।आज सिक्ने र सिकाउने शैलिलाई प्रतिनिधित्व गर्ने शिक्षक मित्रहरुले माथि उल्लेखित पक्ष संग प्रत्यक्ष साइनु सम्बन्ध वृद्धि विकास गर्न सकेको खण्डमा र आजको युग र आफु अनकुल माटो सुवाउदो प्रणालिमा आवध हुन सकेको खण्डमा शिक्षामा आमुल परिवर्तन गर्न सम्भव छ।आज परिस्थिति परिवर्तन भएको छ अब मनस्थिति परिवर्तन गरि सिकाइ सहजिकरण कार्यलाई पढने र सिकाउने भन्दा पढाउने र सिकाउने दिशा उन्मुख बनाउनु पर्छ।

शिक्षक मित्रहरुले किन परुषकार प्राप्त गर्नु हुन्न कि त उहाँहरुको कर्म नै त्यस्तै हो भन्नु पर्यो कि त राम्रा मध्यबाट छनौट गरि पुरुषकार उपलब्ध गराउनु पर्यो। शिक्षकलाई राष्ट्र सेवक करमचारिको नजरमा कुनै पानामा होइन हिर्दय बाट नै मनन गरौ,वर्गीय सोचबाट माथि उठौ,समता सामानताको दिशा ओघटौ, पश्चगामि शैलिलाई त्यागि अग्रगामि चिन्तन र शैलिको विकास गरौ।साथै शिक्षकलाई उत्प्रेरणा र पृष्ठपोषण मूखि शिक्षण सिकाइ सहजिकरण कार्यमा तल्लिन बनाउन त्यतिबेला मात्र सम्भव छ जतिबेला शिक्षकहरुलाई हामि हाम्रा नजरबाटै सम्मान र सतकार गर्न सक्छौ। शिक्षकलाई समाज र यूग सुधारक पात्रका रुपमा लिने अनि बिभिन्न यावत उपनाम जस्तै धर्के९तल माथि सट र पाइन्ट धर्के हुनु०, माष्टर,आदी शब्द जननिब्रोमा झुण्ड्याउनुले सम्मान भन्दा पनि अपमान हुन गएको छ।विद्यालयमा धेरै वर्ष शिक्षण पेसामा रहेका ति तिखारताको विन्दुमा पुगेका पुराना अनुभवलाई शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, शिक्षा विकास तथा समन्वय इकाइको सहयोग र विभिन्न तालिम प्रदायक नेपाल सरकारका नियमक निकाय एक पटक मात्र सक्रिय हुने हो भने शिक्षकलाई एक हेपिएको माष्टर होइन साचिकैको माष्टर बन्न् र बनाउन सकिन्छ जस्को पछाडि आजको दिनमा उदय भएको नयाँ प्रविधिको प्रयोग र नयाँ परिवेश लाई आत्मसाथ गर्नु चाहि पर्छ।तबमात्र शिक्षक मित्रहरु पढाउन र सिकाउन तिर तल्लिन हुनुहुन्छ यस्मा कुनै दुई मत छैन।

आज केहि वर्ष जघि देशमा शिक्षक सेवा बयोगले शिक्षक छनौट गर्दा विद्यालयको ढोकामा शिक्षक पुर्याउने परिपाटीको विकास भएपनि पछिल्लो दिनमा देखिएको कोभिड १९ ले फेरि आयोगले नयाँ खुल्ला विज्ञापन खुलाउने छनक देखिएको छैन्। संघियता देशले पायो धेरै पक्षहरुमा देशले नयाँपना पायो त्यसका साथसाथै हाम्रो देशको शिक्षामा संघियताले खासै नयाँ पना दिन नसकेको गुणासाहरु आम बजजारमा सुनिनु एक चिन्ताको विषय हो।शिक्षण सिकाइलाई दिशा निर्देशन गर्न शिक्षा ऐन २०२८ पछि आजको दिन सम्म उपचारको क्रममा छ भन्दा पनि फरक पर्दैन, त्यसतै शिक्षा नियमावलि २०५९ प्रमाणीकरण भए पछि यो पनि करिब आठौ पटक संशोधन भैसकेको छ उता शिक्षक सेवा आयोगको नियमावली २०५७ पनि दश पटक उपचार गर्दा पनि अवस्था जिउको तिउ छ भन्न खासै आइतवार कुर्नु पर्ने छैन त्यस्तै उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५लाई गोप्य राखिएको छ, राष्ट्रिय पाठयक्रम प्रारुप २०७६ एकातिर छ देशमा महामारि छ शिक्षण सिकाइ सहजिकरण कार्य ठप्प झै छन, कतै दुर शिक्षा त कतै अन्य वैकल्पिक तौरतरिकाले शिक्षण सिकाइ सहजिकरण कार्य हुदै जानु एक सुखद पक्ष भएपनि देश भरि एउटै अवस्था छैन।कतै पाठ्यपुस्तक पुगेको छैन त कतै online शिक्षा हुदै जुम मिटिङ सञ्चालनमा छन।आजको शिक्षा पुरानै निति र विधि उपर नविन्तम बाटो खोज्दै भैतारिएको अवस्थामा छ जो कार्य दुधको साचि बिरालो भने जस्तै हुनपुगेको छ।यस्ले सिकाउने बाटोलाई प्रत्यक्ष अप्रत्यक्ष चौतर्फिरुपमा घेरा बन्दि गर्दै छ। माथि उल्लेखित पक्षहरुलाई समय र अवस्था सुवाउदो बनाउने जिम्मेवारी शिक्षककै हो जहाँ शिक्षकलाई एक जिम्मेवार पात्र मान्दै विम्मेवारीका खातिर राज्यबाट उपलब्ध गरिउदै आएको चौमासिक तलब दिने कार्य मात्र होइन मासिक सुबिधाका साथै थप इन्सेन्टिभ उपलब्ध गराउनु पर्छ तब मात्र गुणस्तर आभाष गर्न सक्छौ। र शिक्षक मित्रहरु पढाउन बाट सिकाउन तिर मनै देखि जिम्मेवार बन्नुहुनेछ।

अन्तमा शिक्षक एक आधा बलेको बत्ति हो जो आफु पुर्ण बन्न र सिकारुलाई पुर्ण दिशा निर्देशित गर्न तलिन हुनुपर्दछ।जस्को प्राप्तिको लागी शिक्षकहरु तथा आम शिक्षा सरोकारवालाहरु चाहि पुरातनवादी शैली र इच्छा बाट माति उठि राज्य संग शैक्षिक अधिकारको लडाइ लडदै वर्ग विहिन समाजको परिधि तोकि शिक्षा वर्गीयताको भुमरिमा नरहेको कित्ता साबित गरि प्राकृतिक प्रतिरोध छिचोल्ने प्रकृतिको शिक्षा र सिकाइको विकास गर्न अब ढिला गर्नु हुदैन।अब पढने होइन पढन र सिक्न सिकारुलाई लालहित बनाउन तिर लाग्नु पर्छ जस्का लागि राज्यमा शिक्षण सिकाइ सहजिकरणको गोरेटो एकै किसमको होस। कतै झकिझकाउ मुखि शिक्षण सिकाइ सहजिकरण कार्य त कतै औषिको रात जस्तै कार्य नहोस।
लेखक अधिकृत छैठौं९शिक्षा०शिवालय गाँउपालिका, शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख हुनुहुन्छ ।

Prabaha

Government request for corona