March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

जाजरकोटमा गिद्धका ४० गुँड फेला

राजेन्द्र कार्की । जाजरकोट

विश्वमै गिद्धको संख्या दिनप्रतिदिन घट्दै गईरहेको बेला जाजरकोटमा लोपोन्मुख गिद्धका ४० गुँड फेला परेका छन् । प्रकृति प्रेमी र जैविक विविधताका दृष्टीकोणले यो सुखद खवर हो । नेपाल पंक्षी संरक्षण संघका केन्द्रिय सदस्य गोविन्दबहादुर सिंहको सक्रियतामा गिद्धको वासस्थान रहेका स्थानमा एक महिना लगाएर गरिएको खोज तथा अध्ययनबाट ४० गुँड फेला परेका हुन् ।

उपयुक्त बासस्थान र हावापानीका कारण प्रकृतिको कुचीकारको रुपमा चिनिने गिद्धले जाजरकोटमा गुँड लगाउने गरेको हो । जिल्लाका भेरी नगरपालिका , छेडागाड नगरपालिका , कुशे गाउँपालिका र वारेकोट गाउँपालिकामा गरिएको खोजमुलक गणनावाट सुन गिद्धको एउटा गुँड एक, सेतो गिद्धका तीन गुँड, हिमाली गिद्धका ३३ गुँड र हाडफोर गिद्धका तीन गुँड गरि ४० गुँड फेला परेको खोजकर्ता सिंहले जानकारी दिए । उनका अनुसार जिल्लाभर विश्वमै दुर्लभ सुन गिद्धको संख्या ४ र सेतो गिद्धको संख्या ६ रहेको छ । त्यस्तै हिमाली गिद्ध ७६, हाडफोर ८ र राजगिद्धको संख्या २ गरी जम्मा ९६ गिद्ध रहेका छन् । जाजरकोटमा यी ५ प्रकारका विस्वकै दुर्लभ गिद्धहरु पाइनुका साथै रेडपान्डा, चिरकालीज लगाएतका जन्तुहरु पनि पाइने गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad