April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको प्रदेश समिति विस्तार

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस निकट सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको कर्णाली प्रदेश समिति विस्तार गरिएको छ । केन्द्रको विधान २०७१ अनुसार संयोजक इलमबहादुर शाहीले २१ सदस्यीय समिति विस्तार गरेका हुन् ।

संयोजक शाहीका अनुसार प्रदेश समितिको सहसंयोजकमा दैलेखका भुपेन्द्र बहादुर शाहीलाई मनोनयन गरिएको छ । सहसंयोजक शाही प्रध्यापन पेशामा संलग्न रहेका छन् । त्यस्तै सचिवमा दैलेखकै महेन्द्र कुमार कार्की र कोषाध्यक्षमा सुर्खेतका ललित बसेललाई मनोनयन गरिएको छ । कार्की प्रध्यापन र बसेल पत्रकारिता पेशामा संलग्न छन् । सदस्यहरुमा दैलेखका नरेन्द्र आचार्य र हिमालय जंग शाही, सुर्खेतका उत्तम आचार्य, गोकुल पाण्डे, प्रकाश चन्द, कमल पन्त, रामकुमारी थापा, घनश्याम पाठक, अनन्तराज पन्त, तेजकुमारी जिसी र लालबहादुर खड्का रहेका छन् । त्यस्तै समितिको सदस्यमा जुम्लाका मक्क बुढाक्षेत्री, कालिकोटका नविन हमाल, सल्यानका हेमा शर्मा वली तथा लक्ष्मण राई र रुकुम पश्चिमका तारा चन्द रहेका छन् ।

 

सामाजिक लोकतन्त्रका मुल आधारहरु स्वतन्त्रता, समानता, विभेद न्युनिकरण र आर्थिक सामाजिक न्याय स्थापनार्थ लोकतान्त्रिक समाजबादको सम्बद्र्धन र प्रवद्र्धन गदै आम जनताको जीवनस्तरमा उल्लेख्य बृद्धि र समग्र विकासको चाहना पुरा गर्न सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको २०७१ सालमा स्थापना भएको संस्था हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad