March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

जाजरकोटमा कोरोना परीक्षणका लागी स्वाब संकलन बन्द

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा हालै भारतबाट आएका दुई हजार तीन सय बढी नागरिक जिल्लाका विभिन्न क्वारेन्टाइनमा छन् । ति मध्य कोरोना पिसिआर परीक्षणका लागी स्वाब संकलन गरि सुर्खेत पठाइएका सात सय ४८ जना मध्य चार सय ४८ जनाको रिपोर्ट अझै आउन सकेको छैन । तीन सयको रिपोर्ट आएकोमा बारेकोट गाँउपालिकामा एक प्रहरी सहित चार जनामा कोरोनाको संक्रमण देखिएको छ ।
छेडागाड, भेरी र शिवालयबाट स्वाब संकलन गरि पठाएको १० दिन विति सक्दा पनि रिपोर्ट आउन नसकेपछि क्वारेन्टाइनमा अन्यौल देखिएको छ । शुरुमा भारतबाट आएका सवैको पिसिआर परीक्षण गर्ने जनाएको सरकारले कार्यविधि परिवर्तन गरेर नगरेपनि हुने निर्णय गरेको छ । कर्णालीका विभिन्न जिल्लाको भार जुम्ला र सुर्खेत स्थित प्रयोगशालाले थेग्न नसकेपछि स्वाब संकलन कार्य बन्द गरिएको छ । अव देखी १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी गरेर पोजेटिभ देखिएपछि मात्र पिसिआर गर्ने नत्र सिधै घर पठाउने निर्देशन आएकोले स्वाब संकलन कार्य बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए ।
जाजरकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाबासी त्रसित भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad