March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

जाजरकोटका ११ जना पत्रकार सहित ३३ जनाको कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ

राजेन्द्र कार्की । जाजरकोट

कोरोना परिक्षणका लागी स्वाब संकलन गरि सुर्खेत पठाईएका जाजरकोटका ११ पत्रकार सहित ३१ जना सवैको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर परीक्षणका लागी स्वाव संकलन गरि पठाएका जिल्लामा क्रियाशिल ११ पत्रकार र अन्य संकास्पद २२ गरी ३३ जना सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

पर्साका पत्रकारमा कोरोनाको संक्रमण देखिएपछि अग्रमोर्चामा रहेर काम गर्ने कर्णालीका पत्रकारको पिसिआर परीक्षण गर्ने ब्यवस्था मिलाईएको हो । पत्रकार महासंघ कर्णाली प्रदेश समितिको पहलमा कर्णाली प्रदेश सरकारले जाजरकोट लगायत कर्णालीका १० वटै जिल्लाका पत्रकारको स्वाव संकलन गरि पिसिआर प्रविधिबाट कोरोना जाँच गरिएको हो । अन्य संकास्पद २२ जनाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका ल्याव टेक्निसियन कृष्ण खत्रीले बताए । जिल्लामा यस अघि आरडिटी परीक्षण गराएका चार सय ५५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad