April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

एसईईका विद्यार्थीलाई रेडियो टयुसन

राजेन्द्र कार्की । जाजरकोट

लक डाउनका कारण परीक्षा स्थगित भएर घरमै वसिरहेका माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने १० कक्षाका विद्यार्थीहरुलाइ सहयोग गर्न जाजरकोटको भेरी नगरपालिकाले रेडियोवाट टयुसन पढाउन शुरु गरेको छ ।

भेरी नगरपालिकाले गत चैत्र ६ गते देखि सुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइइ स्थगित भएर घरमै वसीरहेका विद्यार्थीहरुलाइ पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो टयुसन कक्षा सन्चालन गरेको हो । लक डाउनको समयलाइ सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय खलंगा एफएम र जाजरकोट एफएमवाट प्रत्यक दिन अनिवार्य अंग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो टयुसन कक्षा सन्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सवै ठाँउमा नपुगेकाले रेडियो मार्फत कक्षा संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियो मार्फत एसइइ दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो टयुसन कक्षा सन्चालन गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले वताए । लामो समय परीक्षा स्थगित हुदा र घरमा वस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीहरुलाइ व्यस्त राख्न र उनीहरुको सृजनात्मक विकासका लागि हौसला प्रदान गर्न आफुहरुले नगरपालिकाको खर्चमा रेडियो मार्फत टयुसन पढाइ कार्यक्रम सुरु गरेको वताए ।

नगरपालिकाको सहयोगमा रेडियो मार्फत पढाउने कार्यक्रम मगंलवारबाट सुरु भएको हो । रेडियो कार्यक्रममा त्रिभुवन मावि खलंगाका अंग्रेजी शिक्षक जनक केसी तथा विज्ञान विषयका शिक्षक सत्यनारायण मण्डल र शिव माध्यमिक विद्यालय कालेगाँउका गणित विषयका शिक्षक तिलकवहादुर खत्रीले सहजीकरण गरिरहेको भेरी नगरपालिकाको शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।

प्रत्यक विषयका लागि आधा घन्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीहरुले रेडियो सेटको नजिकै पुर्ण तयारीका साथ कापीकलम र किताव लिएर सिकाइमा लाभ लिन सक्ने प्रमुख पुनले वताए । उनले यसका लागि सवै अभिभावक सरोकारवाला र विद्यार्थीहरुलाइ सक्रिय सहभागिताका लागि नगरपालिकाको तर्फवाट आग्रह गरे ।

रेडियो खलंगा एफएम १०७.६ मेगाहर्जले उत्पादन गर्ने रेडियो टयुसन कार्यक्रमलाइ रेडियो जाजरकोट एफएम वाट पनि प्रशारण हुने वताइएको छ । एसइइ रेडियो टयुसन कार्यक्रमको प्रशारण प्रत्यक दिन विहान साढे ७ देखि ८ वजे सम्म अनिवार्य विज्ञान, अनिवार्य अग्रेंजी अपरान्ह साढे ४ वजे देखि ५ वजे सम्म र अनिवार्य गणित बेलुका साढे ५ वजे देखि ६ वजे सम्म प्रशारण भैरहेको उनले बताए । उनले रेडियोवाट विद्यार्थीहरुलाइ सहयोग पुरयाउन सन्चालन गरिएको कार्यक्रममा पुरा समय ध्यान केन्द्रित गर्न र मौकाको फाइदा लिन विद्यार्थीहरुलाइ आग्रह गरे । यसका लागि सरोकारवालाहरु, शिक्षक तथा अभिभावकहरुलाइ सहयोग गर्न उनले आग्रह गरे । एक महिनाको अवधिका लागि हाल सन्चालन गर्न लागिएको रेडियो टयुसन कार्यक्रम आवस्यकता र प्रभावकारीताका आधारमा भविस्यमा निरन्तर रुपमा वार्षिक रुपमा सन्चालन गर्न सकिने वताए ।

प्रविधिको सदुपयोग मार्फत विद्यार्थीहरुको सिकाइमा सहयोग पुरयाउन भेरी नगरपालिकाले सन्चालन गर्ने रेडियो टयुसन कार्यक्रम अन्तरगत हप्तामा एक दिन विषयगत रुपमा प्रश्नोत्तर कार्यक्रम सन्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीहरुले विषयगत शिक्षकलाइ आफुले नवुझेका र नजानेका प्रश्नहरु सोध्न सक्ने छन् भने शिक्षकले रेडियो वाटै जवाफ दिनु पर्ने व्यवस्थापनि गरिएको नगरपालिकाले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad