April 29 - 2024, Monday१७ बैशाख २०८१, सोमबार

नगर प्रमुख घर्ती माथिको आक्रमण ‘निन्दनीय’

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाले नगर प्रमुख चन्द्रप्रकाश घर्ती माथि गरिएको आक्रमणको भत्र्सना एवं निन्दा गरेको छ । भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले आइतवार एक प्रेस विज्ञप्ती मार्फत नगरप्रमुख घर्ती माथि गरिएको आक्रमणको घोर निन्दा एवं भत्र्सना गदै आक्रमणमा संलग्नलाई कानुनी कारवाहीको माग गरेकी छन् ।

नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथि शनिवार विहान ‘राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाही सहितको अगुवाईमा निजका भाईहरु बुद्धिमान शाही, सुनिल शाही र गाँउले सुर्य विक. लगायतका ब्यक्तिहरुले शनिवार भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा मलामी गएको बेला एक्कासी ढुङ्गा मुढा प्रयोग गरि सख्त घाईते बनाएको घटनाले सिंगो नगरपालिका परिवारलाई निकै दुखी, मर्माहात र स्तब्ध बनाएको’ प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सत्तारुढ नेकपाका कार्यकर्ता एवम साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको अन्तिम श्रदान्जली दिन आर्यघाट पुगेका नगरप्रमुख घर्ती माथि मानवीय संवेदनालाई समेत वेवास्ता गदै सांघातिक हमला गरि ज्यान मार्ने यस्तो हर्कतले कानुनी राज्य, सुशासन र शालिन प्रशासनिक कार्यसम्पादनको धज्जी उडेको छ, बर्खिलाप भएको छ विज्ञप्तीमा अगाडी भनिएको छ–‘स्थानिय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसिन ब्यक्तिलाई समेत यस्तो जघन्य अपराधको शिकार बनाईन्छ भने सर्वसाधारणको शान्ति–सुरक्षा कसरी कायम हुन सक्छ ? यो निकै जटिल गंभिर र सोचनिय विषय भएको छ ।’

कोभिड–१९ विश्वमाहामारीबाट आम नागरिकलाई कसरी बचाउन ? कसरी संरक्षण गर्ने भन्ने मस्तिष्क मन्थनमा अहोरात्र खटिनु पर्ने समयमा नगरप्रमुख माथि भएको यस प्रकारको निन्दनीय घटनाले नगरपालिकाको दैनिक कार्यसम्पादनमा समेत अर्को त्रास सिर्जना गरेको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ । विकास निर्माणका गतिविधी र आम नागरिकमा उपलब्ध गराउने दैनिक सेवा प्रवाहमा समेत गंभिर आँच पुगेको जनाईएको छ । साथै नगरप्रमुखको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

नेकपा जाजरकोट, नेकपा कर्णाली प्रदेश र नगरपालिका संघले छुट्टाछुटै विज्ञप्ती प्रकाशित गरि घटना निन्दा एवं भत्र्सना गदै दोषीलाई कारवाहीको माग गरिएको छ । सामाजिक सञ्जालमा समेत आक्रमणको विरोध गरिएको छ ।

घटनाका सम्बन्धमा नगरप्रमुख घर्तीले आफ्नो फेसबुक स्टाटसमा अगाडी लेख्छन्–‘पुर्ब पुन्मा गाबिस अध्यक्ष मधु चन्दको अन्तयेष्टीको क्रममा भेरी नगरपालिका (१०, फेरा खोला र भेरी नदी बिचको मशानघाटमा एक्कासी पुर्ण नियोजित ढङ्गले राश्टिय युवा सङघ जाजरकोटको अधक्ष्य दिपेन्द्र शाहीको नेतृत्वमा गएको समुहले अन्धाधुन्ध ढुङ्गा, हातखुट्टा इत्यादी प्रयोग गरेर आक्रमण गरेर मलाई घाइते बनाएको छ। र यसको मुल प्रयोजन भनेको राष्टिय युवा सङघजस्तो गौरवशाली सङ्घठनको नाममा बिभिन्न अपराधिक गतिबिधिहरु, डोजर आतङ्क जस्ता कुकृत्यहरु गर्नु नपाउनु नै हो, र पाउने पनि छैनन। भेरी नगरपालिका, आफैमा एउटा स्थानीय सरकार हो, जसका बिकास छनौटका बिभिन्न चरणहरु हुन्छन, वडा समिति हुन्छन, कार्यपालिका हुन्छ अनि नगरसभा हुन्छ। तसर्थ कुनै अराजक समुहले आफु अनुकुलको बिकास पाउनुपर्छ, भनेर राख्ने मागको कुनै अर्थ रहदैन ।

तसर्थ बिधीको शासन र अग्रगमनलाई स्थापित गर्न यस्ता दर्जनौ प्रकृतिका अराजक र अपराधिक तत्वहरुलाई ठेगान नलगाएर सम्भव छैन। तसर्थ उच्च मनोबलका साथ न्यायका पक्षमा उभिन सम्पुर्ण सबैलाइ हार्दिक अनुरोध गर्दछु। म एकदम ठिक छु। यस्ता घटनाहरुले मलाई जनताका काममा लागिराख्न अझै प्रेरित बनाईराख्दछ। कोरोना भाइरस बिरुदको लडाईलाई पनि सफल बनाउनुछ ।’

आक्रमणमा संलग्नहरु अहिले सम्म प्रहरीले पक्रन सकेको छैन । घटना लगत्तै उनीहरु फरार रहेको र खाजी कार्य भैरहेको जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad