April 16 - 2024, Tuesday४ बैशाख २०८१, मंगलवार

जाजरकोटवासी त्रसित

राजेन्द्र कार्की । जाजरकोट
विश्वभर फैलिएको कोभिड—१९ महामारी नेपालमा फैलिन नदिन देशभर लकडाउन गरिएको छ । जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्न सरकारले निर्देशन गरेको छ ।
तर जाजरकोटमा भने लकडाउनकै अवधीमा करीव पाँच हजार मानिस जिल्ला भित्रिएका छन् । त्यसमध्य तेस्रो मुलुकबाट १८ र भारतबाट दुई सय ३० जना जाजरकोट आएका छन् । ति सवै निर्वाध घुमफिर गरिरहेको स्थानियको भनाई छ । स्थानिय सरकार र प्रहरीले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि अटेर गदै घुमफिर र भेटघाट गरिरहेका छन् । कतिपयले लकडाउनकै समयमा पनि सामुहिक रुपमा खोलामा माछा मार्ने, जुवातास खेल्ने गरिहेको जुनीचाँदे ५ का गणेश थापाले बताए । लकडाउनकै अवधीमा मानिसहरुको चलायमानता नरोकिएको र भारतबाट आउने क्रम पनि नरोकिएकोले गाँउमा संत्रास बढीरहेको उनले बताए ।
कोरोना भाइरसको संक्रमण फैलिएको दुवइ, कतार, साउदी अरेविया, मेलेसिया लगायतका देशबाट मजदुरीका लागी गएकाहरु फर्किएका छन् । स्वदेशकै पनि संक्रमण देखिएको बाग्लुङ्ग लगायतका जिल्लाबाट मानिसहरु लकडाउनकै अवधीमा नेताहरुको सोर्स लगाउँदै जिल्ला भित्रिएका छन् तर उनीहरु कसैलाई पनि क्वारेन्टाइनमा राखिएको छैन । उनीहरु परिवार र आफन्त सँग घुलमिल भैसकेका छन् । सवै निर्वाध घुमफिर गरिरहेका छन् भेरी नगरपालिका ४ का अमर शाहले भने—‘जसका कारण जोखिम बढेको छ तर संकास्पद विरामीको स्वाब (नमुना) संकलन नगरिदा त्रास बढेको छ । तत्काल विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको नमुना संकलन गरि उनीहरुलाई क्वारेन्टाइनमा राख्नु पर्छ ।’
ज्वरो नाप्ने उपकरण समेत थिएन । भर्खर थर्मलगण र केही पिपिई आईपुगेका छन् अव ज्वरो सम्म नाप्न सक्ने अवस्थामा छौ । नमुना परीक्षणका लागी स्वाब संकलन र पठाउन ब्यवस्था त परको कुरा भयो बारेकोट गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले भने—‘कम्तिमा विदेशबाट आएकाहरुको स्वाब परीक्षण गर्न पाएको भए अलि ढुक्क हुन्थ्यो । हामी त साह्रै अन्यौलमा भयो । स्थानिय पनि त्रसित छन् । तर विदेशबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि अटेर गरिरहेका छन् । उनीहरुमा संक्रमण भएको खण्डमा जोखिम बढाउने देखिन्छ ।’
लकडाउनको अवधीमा जिल्ला भित्रिएका सवैलाई स्थानिय सरकार र प्रहरीले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि नमान्दा जोखिम बढ्ने देखिएको छ ।
झाडापखाला, स्वानफुलु लगायतका महामारीले सताईरहने जाजरकोट जिल्लाका बासिन्दा यसपटक पनि कोरोना महामारी भित्रिने हो कि भन्ने चिन्तामा छन् । स्थानिय सरकारले जनचेतना जगाउने, क्वारेन्टाइन बनाउने लगायतका कार्य गरेका छन् तर संघिय र प्रदेश अन्य पुर्वतयारी र सचेतनाका कुनै पनि उपाय नगरेको स्थानिय सरकारहरुको गुनासो छ ।

१४ जनाको स्वाब संकलन
त्रिभुवन माविको क्वारेन्टाईनमा बसेका र अन्य होम क्वारेन्टाईनमा बसेकाहरुबाट १४ जनाको कोरोना संक्रमण परीक्षण गर्न जाजरकोटबाट पहिलो पटक स्वाब संकलन गरी सुर्खेत पठाइएको हो ।

सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले भेरी नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना, भारत तथा तेस्रो मुलुकबाट आएका १२ जनाको स्वाब संकलन गरेको हो । विदेशबाट आएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाहरूको स्वाब संकलन गरिएको भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताइन् ।

सरकारले देशबाहिरबाट आएका सबैको परीक्षण गर्नुपर्ने भनेकाले त्यसैअनुसार पहल भइरहेको उनले बताइन् । स्वाब संकलन गरिएका मध्ये २ जना मात्र क्वारेन्टाइनमा बसेका हुन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad