April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस नेता खड्काले दिए स्वास्थ्यकर्मीका लागी सुरक्षा सामग्री

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेसका महासमिति सदस्य रत्नबहादुर खड्काले जाजरकोटका स्वास्थ्यकर्मीका लागी ब्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) उपलब्ध गराएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को रोकथाम तथा नियन्त्रणका लागी खड्काले ब्यक्तिगत लगानीमा स्वास्थ्यकर्मीका लागी एक सय सेट पिपिइ उपलब्ध गराएका हुन् ।

ब्यक्तिगत सुरक्षा सामग्री नहुँदा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी नै जोखिममा रहेको जानकारी पाएपछि आफुले सहयोग गरेको खड्काले बताए । नेपाल निर्माण ब्यवसायी संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका खड्काले उक्त सामग्री मंगलवार स्वास्थ्य सेवा कार्यालय आयोजित एक कार्यक्रममा विच हस्तान्तरण गरेका हुन् । उनले स्वास्थ्य सेवा कार्यालयलाई ३५ सेट, भेरी, छेडा र नलगाड नगरपालिकालाई १० — १० सेट, बारेकोट, कुशे, शिवालय र जुनीचाँदे गाँउपालिकालाई ५—५ सेट, जिल्ला विपत ब्यवस्थापन समितिलाई १० सेट र अन्य निकायलाई ५ गरी एक सय सेट पिपिइ सम्बन्धितलाई हस्तान्तरण गरेका हुन् । स्थानिय तह मार्फत उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध गराईनेछ ।


सरकारले नै पिपिइ पुरयाउन नसकेको गुनासो बढीरहेका बेला खड्काले गरेको सहयोगले स्वास्थ्यकर्मीलाई ठुलो राहत मिल्नेछ । विरामीको लागी रातदिन खटिने सुरक्षाकर्मीको ब्यक्तिगत सुरक्षाका लागी आफुले पिपिइ उपलब्ध गराएको उनले बताए । ‘महाविपतको बेला मेरो सानो सहयोगले पनि स्वास्थ्यकर्मी ठुलो सहयोग पुग्ने मेरो विश्वास छ विरामीको उपचारमा संलग्न हुनु पर्ने स्वास्थ्यकर्मी नै असुरक्षित भए कसले उपचार गरिदिने ? त्यही भएर मैले सहयोग गरेको हुँ’ उनले भने । जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले ब्यक्तिगत लगानीमा अत्यावश्यक पिपिइ उपलब्ध गराएर ठुलो सहयोग गरेकोमा खड्कालाई धन्यवाद दिए । उनले भने—‘कोरोना विरुद्धको लडाँइमा राज्यलाई सहयोग पुग्ने गरी गरिएको ब्यक्तिगत सहयोग एकदमै सह्रानिय छ । यस विपत्तिमा सवैले आ आफ्नो ठाँउबाट सहयोग गरौ । विपत्ति विरुद्ध एक जुट भएर लडौ ।’

त्यस्तै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पनि ब्यक्तिगत लगानीमा स्वास्थ्यकर्मीका लागी पिपिइ उपलब्ध गराएर सहयोग गरेकोमा खड्कालाई धन्यवाद दिए । पिपिइ हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत, प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठ, शसस्त्र प्रहरी जाजरकोटका प्रमुख यज्ञ बस्नेत लगायतको सहभागीता रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad