March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

बन मन्त्रीले जाजरकोट पठाए स्वास्थ्य सामग्री

सहदेव बस्नेत । जाजरकोट

बन तथा वाताबरण मन्त्री शक्तिबहादुर बस्नेतले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागी आवश्यक पर्ने स्वास्थ्य सामग्री जाजरकोट पठाएका छन् । पिपिई, थर्मल गण लगायतका अत्यावश्यक सामग्रीको अभावमा कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई समस्या भैरहेको गुनासो आईरहेका बेला मन्त्री बस्नेतको पहलमा स्वास्थ्य सामग्री आईपुगेको हो ।

मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभाग सँग समन्वय गरेर पठाएका ब्यक्तिगत सुरक्षा सामग्री एक सय ४० थान, थर्मलगण १० थान, मास्क एक हजार सात सय थान, वेड १२ थान, गज सय थान, गाउन १० थान, ग्लोब्स चार सय ५० थान, डिटोल साबुन, डिटोल लिकुईट, हेण्ड वास लगायतका सामग्री जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिएको स्वकीय सचिव मुक्ति बस्नेतले बताए । जिल्लामा उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागी अत्यावश्यक सामग्रीको अभाव भएको जानकारी पाएपछि मन्त्री ज्युको पहलमा ति सामग्री जाजरकोट पुरयाइएको उनले बताए ।

जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले कोरोना भाइरस विरुद्धको अभियानमा सवै एक जुट भएर लाग्नु पर्ने बताए । उनले स्वास्थ्यकर्मीका लागी अत्यावश्यक सामग्री पठाउने बन मन्त्री बस्नेतलाई जिल्लावासीको तर्फबाट धन्यवाद दिएका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले मन्त्री प्रति आभार प्रकट गदै समाग्रीको सही सदुपयोग गर्न स्वास्थ्य सेवा कार्यालयलाई निर्देशन दिए । सामग्री बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागी आवश्यक सामग्री पठाउन पहल गर्ने मन्त्री बस्नेतलाई धन्यवाद दिदै थर्मलगण र पिपीइ जिल्लाका अन्य स्वास्थ्य संस्थालाई पनि पठाईने बताईन ।

सरकारले बन मन्त्री बस्नेतलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागी कर्णाली प्रदेश सरकार सँग समन्वय गर्न जिम्मेवारी दिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad