April 19 - 2024, Friday६ बैशाख २०८१, बिहीबार

जसले गरे ८३ विपन्न परिवारलाई खाद्यन्न सहयोग

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट भेरीनगरपालिका वडा नम्बर ३ का अति विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले निजी लगानीमा ८३ विपन्न परिवारलाई चामल, दाल, तेल र नुन वितरण गरेका हुन् ।

नेपाली काँग्रेसबाट सोही वडाको वडा सदस्य निर्वाचित हुँदै जिल्ला समन्वय समितिमा पुगेका शाहले लामो समयको लकडाउनका कारण दैनिक गुजरा चलाउन समस्या भएको थाह पाएपछि दैनिक ज्याला मजदुरी गरी गुजरा चलाउदै आएका विपन्न परिवारलाई सहयोग गरेको बताए । नेपाली काँग्रेसका कोषाध्यक्ष समेत रहेका शाहले वडा कार्यालयले दिएको विपन्न परिवारको सुचीका आधारमा खाद्यान्न सहयोग गरिएको उनको भनाई छ । उनले प्रतिपरिवार ३० केजी (एक कठ्ठा) चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन वितरण गरेका हुन् ।

दैनिक गुजरा चलाउन समस्या परिरहेको बेला गरिएको सहयोगले आफुहरुलाई ठुलो सहयोग पुगेको ति परिवारले बताएका छन् । कोही नहुनेको दैव हुन्छ भन्थे । साँची रहेछ स्थानिय सन्तोकी नेपालीले भनिन —‘पेट भरी खान नपाएको धेरै दिन भो । खान नपाएर मरिन्छ कि भन्ने पिर थियो अव भने केही दिनलाई ढुक्क भो । हामीलाई खान दिने हाम्रो लागी उहाँ भगवान हो ।’
दैनिक ज्यालादारी काम गरेर गुजरा चलाउँदै आएका थियौ तर लकडाउनले घरबाट काममा निस्कन नपाएको १३ दिन भो । काममा जान नपाउँदा विहान बेलुकाको छाक टार्न निकै समस्या परिरहेको थियो । निशुल्क पाएको खाद्यन्नले ठुलो राहत मिलेको स्थानिय संगिता नेपालीले बताइन ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले विपद्को बेला एकले अर्कालाई सहयोग गर्नु मानवीय धर्म भएको बताए । विपन्न परिवारलाई सहयोग गर्ने मनकारी शाहलाई धन्यवाद दिदै उनले नगरभित्रका विपन्न परिवारको लगत संकलनको भैरहेको र केही दिनमै विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराइने बताए । खाद्यन्न वितरण कार्यक्रममा नगरप्रमुख घर्ती, उपप्रमुख भावना भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष लिलाबहादुर शाह लगायतका जनप्रतिनिधी र विभिन्न संचारकर्मीको उपस्थिति रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad