April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

५ वर्षपछि रंगशालामा गुन्जिएको आवाज: नेपाल ! नेपाल !!

  1. प्रवाह संवाददाता, काठमाडौं । विनासकारी भूकम्पले क्षतबिक्षत भएपछि झण्डै ५ वर्ष एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला सुनसान बन्यो । खेलाडीले बाहिरबाट हेर्नुबाहेक नत त्यहाँ अभ्यास गर्न पाए नत खेल्न नै ।

खेल भएपछि खचाखच भरिने रंगशाला समर्थकका लागि पनि बिरानो भइसकेको थियो । बाटो पर्दा पुलुक्क रंगशालातिर आँखा तेर्साउने समर्थकका लागि मंगलबार खुसिको बहार छायो । किनकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलमा यू–२३ टोली पहिलो खेल भुटानविरुद्ध खेल्दै दशरथ रंगशालामा फर्किर्दै थियो ।

लामो समयपछि रंगशालामा खेल्न खेलाडी आतुर थिए भने खेल हेर्न समर्थक विहानदेखि नै टिकट लिन रंगशाला वरपर झुम्मिएका थिए ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालाको वरपरको माहोल हेर्दा ठूलै पर्ब आइरहेको आभास जो कोहीलाई पनि हुन्थ्यो । नहोस् पनि किन ? खेलकुदको कुम्भ मेला (१३ औं दक्षिण एसियाली खेलकुद) त्यसैमा रंगशालामा फर्किन लागेको फुटबल । जो–कोही हर्षित थिए ।

दिउसो ठिक साढे १ बजे फिफाको धुनसँगै नेपाल र भुटानको टोली मैदानमा निस्कँदा दर्शकदीर्घाबाट आएको नेपाल… नेपाल… नेपाल आवाजले रंगशाला गुन्जामन भयो । ५ वर्षसम्म रंगशालामा खेल हेर्नका पर्खिएका सकर्थकले गुम्सिएको आवाजलाई नथाकुनजेलसम्म हुटिङमा लगाए ।

नेपालले ५ औं मिनेटमा भुटानविरुद्ध अग्रता लिँदा रंगशालाको माहोल निकै तात्तियो । पहिलो हाफमा १ गोलको अग्रता दोस्रंो हाफमा ३ गोल थप्दा समर्थकको हुटिङले पाँच वर्षसम्म सुनसान बनेको रंगशाला मुस्काएको झैं लाग्थ्यो ।

खेल हेर्नकै लागि कार्यालयको काम छोडेर आएका कैलालीका दिपेश कार्कीले जितभन्दा पनि रंगशालामा हुटिङ गर्न पाउँदा सन्तुष्ट महसुस गरेको बताए ।

उनीमात्र नभएर रंगशालामा भेटिएका अधिंकाशको समर्थकको जवाफ रंगशालामा फर्किएको फुटबलले आत्मसन्तुष्टी दिएको जवाफ दिए ।

नेपालकी टोलीका कप्तान सुजल श्रेष्ठले पनि समर्थकका बिच खेल्न पाउँदा निकै खुसी महसुस गरेको बताएका थिए । उनले भुटानविरुद्ध २ गोल पनि गरेका थिए ।

उनीसँगै प्रशिक्षक बालगोपाल महर्जनले लामो समयपछि रंगशालामा फर्किएको फुटबल त्यसैमा जित हात पार्दा निकै हर्षित भएको बताए ।

भुटानविरुद्ध शानदार जित निकालेको नेपालले आज बुधबार श्रीलंकासँग खेल्दैछ ।


Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad