राजेन्द्र कार्की । जाजरकोट
नेकपा एमालेको गढ मानिने जाजरकोटको शिवालय गाँउपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका शेरबहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् । यस अघि जितेको एमालेको गढ भत्काउँदै शाहीले चुनाव जितेका हुन् ।
शाहीले तीन हजार तीन सय तीन मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका रंगनाथ योगीले दुई हजार सात सय १८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी गिता शाही विजयी भएकी छन् । उनले दुई हजार छ सय ५९ मत प्राप्त गरेर विजयी भएकी हुन् । उनका निकटत प्रतिद्धन्दी एमालेकी नैनसरा शाहीले दुई हजार चार सय २९ मत प्राप्त गरेकी थिईन । नौ वटा वडा रहेको शिवालय गाँउपालिकामा काँग्रेसले ५, एमाले र माओवादी केन्द्रले दुई दुई वडा जितेका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको थियो ।

