छेडागाडमा काँग्रेसले भत्कायो एमालेको किल्ला

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रत्नबहादुर खड्का विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका खड्काले एमालेका लालबहादुर महतारालाई पराजित गदै छेडागाड नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले आठ हजार छ सय पाँच मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका महताराले चार हजार नौ सय १८ मत प्राप्त गरेका छन् । महतारा यस अघिका नगरप्रमुख हुन् । एमालेले उनैलाई पुनः उम्मेदवार बनाएको थियो भने सत्ता गठबन्धनका साझा उम्मेदवार खड्का २०७४ सालको निर्वाचनमा एमालेका महतारा सँग पराजित भएका थिए । उपप्रमुखमा सत्ता गठबन्धनकै चन्द्रबहादुर थापा अपील निर्वाचित भएका छन् । उनले सात हजार चार सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटत प्रतिद्धन्दी एमालेकी अन्जु थापाले पाँच हजार चार सय ३६ मत प्राप्त गरेकी छन् । १३ वटा वडा रहेको यस नगरपालिकामा चार वटा वडामा नेपाली काँग्रेस, माओवादी केन्द्र चार वडामा, एमालेले चार वडामा र एकिकृत समाजबादीले एक वडामा जित हासिल गरेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya