भेरीमा दोस्रो कार्यकालका लागि एमाले सिपी घर्ती निर्वाचित

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिकामा दोस्रो कार्यकालका लागि पुनः नेकपा एमालेका चन्द्रप्रकाश घर्ती(सिपी) नगरप्रमुखमा विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गदै घर्ती भेरी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत यज्ञराज आचार्यका अनुसार घर्तीले पाँच हजार दुई सय १० मत ल्याएर विजयी भएका हुन् ।

उनले एक हजार २२ मतको अन्तरले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्धन्दी सत्ता गठबन्धनका तर्फका माओवादी केन्द्रका उम्मेदवार गगनबहादुर खड्का जिवनले चार हजार एक सय ८८ मत प्राप्त गरेका छन् । घर्तीले २०७४ सालमा भएको निर्वाचनमा पनि नेपाली काँग्रेसलाई पराजित गदै विजयी भएका थिए । युवा नेता घर्ती एमालेका केन्द्रिय सदस्य पनि हुन् । उपप्रमुखमा भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी सिता जैसी ६ हजार चार सय ६८ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्धन्दी एमालेकी सावित्रा चन्दले पाँच हजार ६ सय तीन मत प्राप्त गरेकी छन् । यस अघि प्रमुख र उपप्रमुख दुवैमा एमालेले जित हासिल गरेको थियो ।


सत्ता गठबन्धनले शुरुमा एकिकृत समाजबादीलाई भेरीको नगरप्रमुख दिने निर्णय गरेको थियो । माओवादी र काँग्रेसको अडानका कारण समाजवादीलाई वाइपास गरेर काँग्रेस र माओवादी केन्द्रको सहमतिमा माओवादी केन्द्र, एमाले र समाजवादी छुट्टाछुट्टै चुनाव लडेका थिए । काँग्रेसले धोका दिएका कारण पराजित हुनु परेको माओवादी केन्द्रको आरोप छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya