अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा रुद्र वली

प्रवाह संवाददाता । जाजरकोट

अखिल नेपाल शिक्षक संगठन जाजरकोटको दोश्रो जिल्ला भेला आइतवार भेरी नगरपालिका १ रिम्न सहिद स्मृति भवनमा सम्पन्न गरेको छ । भेलाले रुद्रबहादुर वलिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती सदस्य चयन गरेको छ ।

समितिको उपाध्यक्ष शोभा अधिकारी, सचिव टेकबहादुर मल्ल, सह सचिवमा बेद बहादुर वलि र कोषाध्यक्षमा चन्द्रा बोहरा ( वलि ) चयन हुनुभएको छ । सदस्यहरुमा निबर्तमन श्रोत ब्यक्ती मणिराम पोख्रेल, रेशम सुनार, बिनोद सहनी लगाएत १० जना सदस्यहरु चयन हुनुभएको छ । नवनिर्बाचित अध्यक्ष रुद्रबहादुर वलिले मन्तव्य राख्दै भन्नू भयो “मैले कुनै पद खोजेको होइन बरु पदले मलाइ खोजेको हो भन्ने ठानेको छु । यसलाइ चुनौती र अवसर दुबै ठानेको छु । शैक्षिक समस्या र पेशागत हकहितको मुद्दाको सवालमा बिगत देखि नेतृत्व गर्दै आएको गौरवशाली इतिहास बोकेको सबैको आशा भरोसाको केन्द्र बिन्दु अखिल नेपाल शिक्षक संगठनको नेतृत्व गर्ने जिम्मेवार आज मेरो काधमा आएको छ । आफ्नो क्षमताले भ्याएसम्म जाजरकोटको शैक्षिक रुपान्तरण र पेशागत हकहितको पक्षमा निरन्तर लाग्ने प्रतिबद्ध गर्छु । जाजरकोट जिल्लाका बिधामान शैक्षिक बिकृती र बिसङतीका बिरुद्द जुनसुकै स्तरको कदम चाल्न पछि नहट्ने प्रतिबद्ध ब्यक्त गर्दछु । धेरै ठुला कुरा भाषणमा मात्र सिमित नरही शैक्षिक रुपान्तरणको लागि आगामी कामले नै जवाफ दिनेछ ।“

bhumi-sanrakshyan

संगठनका जिल्ला अध्यक्ष ललित बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य अच्युत प्रसाद शर्मा हुनुहुन्थ्यो ।

सङठनका केन्द्रिय सदस्य लक्ष्मण वलिको विशेष उपस्थिती थियो । विशेष अथितिका रुपमा नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका प्रतिनिधि एबम भेरीनगरपालिका इन्चार्ज क हिमाल, कुशे इन्चार्ज क रेडियम र नलगाड स इन्चार्ज, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बिराजन शाहीको विशेष उपस्थिती भएको थियो । भेलामा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी अच्युत प्रसाद शर्माले अखिल नेपाल शिक्षक संगठन जाजरकोटको इतिहास, शैक्षिक समस्या , चुनौती र भावी रणनीतिको विशयमा महत्वपुर्ण भनाइ राख्नुभएको थियो । अर्का केन्द्रीय सदस्य लक्ष्मण वलिले शैक्षिक बिकृती बिसङतीका बिरुद्ध कुनै सम्झौता नगरी अघि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा पार्टी प्रतिनिधि क हिमाल र अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य बिराजन शाहिले सम्बोधन गर्नुभएको थियो ।

नवनिवाचित समितिलाइ बधाई मन्तव्य राख्दै पार्टी प्रतिनिधि क हिमालले शैक्षिक बिकृती विरुद्ध कठोर बन्न आग्रह गर्दै शैक्षिक रुपान्तरणको आन्दोलनलाइ पार्टीको सहयोग समर्थन रहने कुरा स्पष्ट पार्नु भयो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya