जुनीबस्तीमा युद्ध संग्रहालय बन्ने !

राजेन्द्र कार्की । जाजरकोट
माओवादी दश वर्षे ‘जनयुद्ध’को उदगम स्थलको रुपमा रहेको जाजरकोटको जुनी बस्तीमा युद्ध संग्रहालय निर्माण गरिने भएको छ । जुनीचाँदे गाँउपालिकाले आगामी आर्थिक बर्ष जुनीबस्तीमा युद्ध संग्रहालय निर्माण गर्ने भएको हो । त्यसको लागि गाँउपालिकाले २५ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

साविकको दह गाविसमा पर्ने अति विकट दुई गाँउहरु जुर्के र निपाने मिलाएर छोटकरीमा माओवादीले राखेको दुई गाँउको साझा नाम ‘जुनी’ हो । माओवादी शसस्त्र द्धन्दको क्रममा जुनीबस्तीमा कम्युन समेत संचालन गरि केही बर्ष सामुहिक खेती प्रणाली, खानपान र बसोवास समेतको अभ्यास थालिएको थियो । यहाँ सामुहिक बस्ती प्रणालीको नेपालमै पहिलो अभ्यास हो । खाममगरहरुको बाहुल्यता रहेको उक्त गाँउका मानिसहरु खाममगर भाषा बोल्ने गर्दछन् । शसस्त्र युद्धको क्रममा त्यस गाँउका जन्ती गएका १४ र रोपाई गर्न लागेका सात जनाको सामुहिक हत्या भएको थियो ।

माओवादीका महत्वपुर्ण बैठक जिल्ला देखि केन्द्र स्तर सम्मका यही हुने गर्दथे । माओवादीका सेनाको प्रशिक्षण तालिम र कार्यकर्ताका विभिन्न प्रशिक्षण समेत हुने गर्थे । विकट भएका कारण सुरक्षाको दृष्टिकोणले माओवालीको रोजाइ यी गाँउ परेका हुन् । यी सवै कुरालाई आधार मानेर जनयुद्धका शहिद र बेपत्ताका जीवनी, तस्वीर, महत्वपुर्ण दस्तावेज लगायतका कुरा समेटेर युद्ध संग्रहालय निर्माण गरिने कावा अध्यक्ष शिवा आचार्यले बताइन । त्यसका साथै पदमार्ग र होमस्टे संचालन गरेर आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने गरि कार्य थालिनेछ ।
युद्ध संग्रहालयका साथै “जुनीचाँदे समृद्धिको आधार, पर्यटनको विकास र भौतिक पूर्वाधार” निर्माण भन्ने नाराका साथ गाउँपालिकामा रहेका मुख्य पर्यटकीय स्थल, जुनी बस्ती, चाँदे हिमाल, भैरी चाल्ले नागढुगां, देउराली पाथीभरा, मालिका, नदाईडाब भगवतिमाई लगायतका पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गरी सम्भाव्यता स्थलहरुको संरक्षण र सम्वर्द्धन गर्नका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी पर्यटन प्रवर्द्धन गरिने आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ ।

bhumi-sanrakshyan

यही गाउँमा महिनौ बसेर जनयुद्ध गरेका नेताहरु देश हाक्ने स्थानमा पुग्दा यस बस्तीको विकासका लागि फर्केर नहेरेको स्थानियको गुनासो छ । युद्धमा धेरै गुमाएपनि रोग, भोक र आफन्तजन गुमाएको पिडाले जुनी गाउँ आक्रान्त छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya