भेरीको आगामी बर्षको बजेट ६१ करोड ९० लाख

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

आर्थिक बर्ष २०७८/०७९ को लागि भेरी नगरपालिकाले ६१ करोड ९० लाख ४० हजारको बजेट प्रस्तुत गरेको छ । नवौँ नगरसभामा उपप्रमुख भावना भण्डारीले आगमी आर्थिक बर्षको लागि ६१ करोड ९० लाख ४० हजारको बजेट प्रस्तुत गर्नु भएको हो ।

संघीय सरकारबाट प्राप्त बित्तिय समानीकरण अनुदा, सशर्त अनुदान, राजश्व बाँडफाँड, विशेष अनुदान र समपुरक कोष तर्फबाट कुल ५५ करोड १६ लाख ७७ हजार र प्रदेश सरकारबाट बिभिन्न अनुदानमा प्राप्त ५ करोड २३ लाख ६३ हजारको बजेट प्रस्तुत गरिएको छ ।

त्यस्तै आगमी आर्थिक बर्ष नगरपालिकाको आन्तरिक स्रोतबाट १ करोड ५० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

उपप्रमुख भण्डारीले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथामिकतामा राखिएको छ । मुख्यरुपमा कोरोना महमारीबाट नगरवासीहरुको जीवनलाई सुरक्षित र सहज बनाउन, स्वास्थ्य तथा शिक्षाको संस्थागत विकास तथा सुदृढिकरण गर्न, कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी उत्पादन वृद्धि गर्न र सामाजिक, आर्थिक तथा भौतिक पुर्वाधारको दिगो विकास गर्न बजेटमा प्राथामकिता दिइएको छ ।

स्वास्थ्य तर्फ :

कोरोना महमारीलाई रोकथाम, नियान्त्रण तथा उपचारलाई सहज बनाउन स्वास्थ्य परिक्षण तथा सुरक्षा सामाग्री खरिद, स्वास्थ्य संस्थाहरुको सुदृढिकराण, जनशक्ति व्यवस्थापन तथा जनचेतनामुलक कार्यक्रमलाई प्राथामिकता दिएको छ ।

साविकका गाविस भुर, पुन्म, जगतिपुर स्थित ६ वटा वडाका नागरिकहरुको सहज स्वास्थ्य सेवाको लागि वडा नम्बर ७ को स्याउली बजारमा १५ सैयाको नगर अस्पताल निर्माण गरिने भएको छ ।

त्यस्तै नगर तथा जिल्लावासीहरुलाई आँखा उपचार सेवा उपलब्ध गराउन सम्बन्धति नियकासंग साझेदारी गरी आँखा अस्पताल संचालन लागी भवन निर्माण गर्न बजेट विनियोज गरिएको छ ।

कृषि तथा रोजगार तर्फ :

कोभिड १९ महामारीबाट सिर्जना हुने अवस्थालाई मध्यनजर गरी जनतालाई बचाउन कृषि उत्पादनलाई बृद्धि गर्ने तथा खाद्या तथा पोषण कार्यक्रम नीतिलाई प्रथामिकता दिइएको छ । खाध्य तथा तरकारी बिउ उत्पादन कार्यक्रम, रैथाने बाली संरक्षणमा जोड, उन्नत कृषि औजार तथा बिउ उत्पादनका लागि क्षेत्र विस्तार गर्ने, मौसमी तथा बेमौसमी तरकारी, फलफुत खेतीबालीमा अनुदानको व्यवस्था गरिएको छ ।

शिक्षा तथा रोजगार तर्फ :

गुणस्तरीय शिक्षाको परिकल्पना स्वरुप दरवन्दी नभएका र पर्याप्त दरवन्दी नभएका विध्यालयमा शिक्षकको व्यवस्थापन गर्न स्वयमसेवक शिक्षकका लागि शिक्ष अनुदान कार्यक्रमको लागि थप बजेटको व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रममा शिक्षक तथा कर्मचारीहरुको उत्प्रेरना तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई जोड दिइएको छ ।

वालवालीकाहरुको सर्वङ्गीण विकास गरी सक्षम र सवल नागरिक तयार गर्न गत बर्ष कोभिड महमारीका कारण स्थगित गरिएको बालमैत्री नगर घोषण कार्यक्रम यसबार्ष घोषणा गर्न बजेटमा उल्लेख गरिएको छ । त्यस्तै बालबालीका संग मेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

शैक्षिक सुधारका लागि उल्लेखनिय भुमिका निर्वाह गर्ने शिक्षक, बिध्यार्थी तथा व्यवस्थापन समितिलाई प्रोत्साहन गर्न उत्कृष्ट शिक्षक, बिध्यार्थी तथा व्यवस्थापन पुरस्कारको घोषणा गरिएको छ । बिभिन्न खेलमैदान तथा निर्माधिन रंगशालालाई आवश्यक थप बजेट बिनियोज गरिएको छ ।

अति विपन्न नागरिकहरुका लागि आम्दानीको अवसर सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत यस बर्ष ६ सय ३१ जना श्रमिकहरुलाई एक सय दिनको प्रत्यक्ष रोजगारीको व्यवस्था मिलाइएको छ ।

त्यस्तै महिलाहरुको आयआर्जनमुलक कार्यक्रम जोड दिदै सिपमुलक र रोजगारीमुलक कार्यक्रम संचालन गर्ने, घरेलु हिन्सा सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने, एकल महिला, द्धन्द पिडित र असाय महिलाको लागि आयआर्जनमुलक कार्यक्रम, महिलासंग उपमेयर कार्यक्रमको व्यवस्था शुक्रवार प्रस्तुत गरिएको नीति तथा कार्याक्रममा जोड दिइएको छ ।

७५ बर्ष माथीका जेष्ठ नागरीकलाई जेष्ठ नागरिक सम्मान कार्यँक्रमको व्यवस्था गरिएको छ ।

त्यस्तै सडक पुर्वाधार यातायात क्षेत्र, खानेपानी सरसफाई, सिंचाई तथा नदी नियन्त्रण, शुसासन तथा विपत व्यवस्थापनलाई समेत नीति तथा कार्याक्रममा जोड दिइएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad