प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा अनेरास्ववियु द्धारा जाजरकोटमा राँके जुलुस

प्रवाह संवाददाता । जाजरकोट

प्रचण्ड–माधव समुहको अनेरास्ववियू, जाजरकोटले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध मसाल जुलुस निकालेको छ । संसद बिघटन गरी मध्यावती निर्वाचन घोषणा गरेको सरकारका बिरुद्ध अनेरास्ववियू, जाजरकोटले बिहिबार राँके जुलुस निकाल्नुको साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

 

bhumi-sanrakshyan

केपी ओली प्रधानमन्त्री रहेको मन्त्रीपरिषदको सिफारिसमा संसद बिघटन गरी मध्यावती निर्बाचनको मिति घोषणा गर्ने राष्ट्रपति बिद्यादेवी भण्डारीको असंबैधानिक कदम खारेज गर्नुपर्ने माग राख्दै अनेरास्ववियू, जाजरकोटले मसाल जुलुस निकाल्नुको साथै पुत्ला दहन गरेको अनेरास्ववियू, जाजरकोटका संयोजक प्रदिप खड्काले जानकारी दिए । अनेरास्ववियूको केन्द्रिय कार्यक्रम अनुसार सरकारका बिरुद्ध देशव्यापी रुपमा मसाल जुलुस गर्नुको साथै पुत्ला दहन गरिएको संयोजक खड्काले बताए ।

 

संयोजक खड्काको नेतृत्वमा सिटिजन बैंक आसपासबाट निकालिएको मसाल जुलुसलाई अनेरास्ववियू, जाजरकोटले ठाँटी स्थित बर चौतारीमा पुर्याएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिन्टेड फोटा दहन गरेको थियो । बेलुका सवा ६ बजेतिर निकालिएको मसाल जुलुसमा “आर्यघाटले के भन्छ–केपी ओली ल्या भन्छ । प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कलमलाई–खारेज गरौं । पार्टी एकता–जिन्दावाद । पार्टी फुटाउन–पाईदैन । जनघाती केपी ओली–चाहिदैन ।” जस्ता उत्तेजक नाराहरु लगाएका थिए तर मसाल जुलुसलाई प्रहरी मुकदर्शक भएर हेरिरहेकोे थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya