छोरीको जन्मदिनमा पत्रकार केसीले गरे ३५ विपन्न वालवालिकाहरुलाइ स्वीटर वितरण

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको हनुमान प्राथमिक विद्यालयको कक्षा ५ मा पढ्ने आफ्नी छोरी सिन्जना केसीको जन्मदिनको अवसरमा सो विद्यालयमा अध्ययनरत ३५ जना अति विपन्न वालवालिकाहरुलाइ पत्रकार जनक केसीले स्वीटर वितरण गरेका छन् ।

 

९ वर्ष पुरा गरि १० वर्षमा प्रवेश गरेको अवसरमा भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजार निवासी वुवा जनक केसी र आमा साधना केसीकी जेठी छोरी सिन्जनाको तर्फवाट उपलव्ध गराइएका स्वीटरहरु विहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच ती वालवालिकाहरुलाइ वितरण गरिएको हो ।

सिन्जनाको परिवारको आग्रहमा विद्यालय प्रशासनले छनोट गरेका ३५ अति विपन्न वालवालिकाहरुलाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णवहादुर केसी, प्रधानाध्यापक कृष्णवहादुर सिंह, सिन्जनाकी वज्यै चन्द्रकुमारी केसी र सिन्जनाले संयुक्त रुपमा स्वीटरहरु वितरण गरेको सिन्जनाका वुवा जनक केसीले जानकारी दिए । हनुमान प्राथमिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाइ विद्यालयमा नियमित रुपमा आउने वनाउन,पढाइमा आकर्षित गर्न र जाडोका वेला विपन्न विद्यार्थीहरुलाइ न्यानो कपडा लगाएर विद्यालय जान सहयोग गर्न सिन्जनाको तर्फवाट उक्त वालवालिकाहरुलाइ स्वीटर सहयोग गरिएको केसीले वताए । छोराछोरीको जन्म दिनमा अनावस्यक भोजभतेर गर्नु भन्दा असाहय र विपन्नलाइ सहयोग गरे वालवालिकाहरुमा राम्रो सस्कृतिको हस्तान्तरण हुने भएकोले छोरीको जन्म दिनमा विपन्न वालवालिकाहरुलाइ स्वीटर वितरण गरिएको सिन्जनाकी आमा साधना केसीले वताइन् ।

उनले आर्थिक अभावले न्यानो कपडा किन्न नसकेर विद्यालयमा चिसोका वेला कष्ट वेहोरिरहेका वालवालिकाहरुलाइ साथ दिन सिन्जनाको तर्फवाट उक्त स्वीटरहरु वितरण गरिएको वताइन् । विद्यालयले दलित, जनजाति, आर्थिक रुपले अति विपन्न समुदायका विद्यार्थीहरु छानेर सिन्जनाको परिवारलाइ दिएको थियो । स्वीटर वितरण कार्यक्रमा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णवहादुर केसीले सिन्जनाको जन्मदिनमा विपन्न वालवालिकाहरुलाइ न्यानो कपडा वितरण गर्नु पुण्य कार्य भएको वताए । सामाजिक सद्भाव र सेवामा सहयोग पुरयाउने गरि भएको यस्तो काम नै असली धर्म भएको अध्यक्ष केसीले वताए । यस्तै कार्यक्रममा विद्यालयका प्रधनाध्यापक कृष्णवहादुर सिंहले सिन्जनाको तर्फवाट विपन्न विद्यार्थीहरुलाइ स्वीटर वितरण गर्ने कामले विद्यार्थीको नियमितता वढाउन सहयोग पुगेको वताए । उनले आफुले पढेको विद्यालयमा पढ्ने विद्यार्थीहरुलाइ जाडोको वेला न्यानो कपडा वितरण गर्दा साना वालवालिकाहरु उत्साहि भएर पढ्न आउने उनले वताए ।

यस्तै सिन्जनाकी वज्यै एवम विद्यालय व्यवस्थापन समितिकी सदस्य चन्द्रकुमारी केसीले जन्मदिनका नाँममा अन्य अनावस्यक खर्च गर्नु भन्दा जाडोमा कापीरहेका वालवालिकाहरुलाइ न्यानो कपडा वितरण गर्नु ठीक लागेको वताइन् । कार्यक्रमा विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगाएतको उपस्थिति रहेको थियो । आफनो जन्मदिनमा संगै पढ्ने साथीहरुलाइ न्यानो कपडा वितरण गर्ने सिन्जनालाइ विद्यालयका शिक्षकहरु विद्यार्थीहरुलो फुलमाला र अविर लगाउदै जन्मदिनको शुभकामना दिएका थिए । सिन्जनाको तर्फवाट स्वीटर वितरण गरिएको हुनमान प्राथमिक विद्यालयमा सिन्जना मात्र नभइ उनका वाजे जयवहादुर केसी, वुवा जनक केसी, ठुला वुवा स्वर्गिय जयन्द्र केसी, दाइ समीरन केसी, फुपु सिता केसी लगाएतले एक कक्षा देखि ५ कक्षा सम्म अध्ययन गरेका थिए । गत वर्ष पनि सिन्जनाको जन्मदिनकै अवसरमा सोहि विद्यालयका २६ जना अति विपन्न वालवालिकाहरुलाइ न्यानो कपडा वितरण गरिएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad