चट्याङ्ग लागेर एक बालकको मृत्यु, पाँच घाइते

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका १३ चैतेटाकुराका वीरबहादुर नेपालीका तीन बर्षिय छोरा सुमन विकको मंगलवार राती परेको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

चट्याङ्गले घरमुली वीरबहादुर सहित उनकी बुहारी बृद्धकला परियार र परिवारका अन्य तीन जना घाईते भएको स्थानिय शिक्षक विर्खबहादुर वलीले बताए । चट्याङ्गले वीरबहादुरको खसी र बाख्रा पनि मरेको छ । चट्याङ्ग सोलारको ब्याट्र्रीमा परेको थियो । ब्याट्र्री पड्किएर घरको भित्ता समेत भत्किएको छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya