युवा संघले संकलन गरेको गैरखाद्य सामग्री बारेकोटका पहिरो पिडितलाई

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको बारेकोटका पहिरो पीडितका लागि राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले संकलन गरेको गैरखाद्य सामाग्री वितरण गरेको छ । बारेकोट गाउँपालिका ४ जिरीको सार्किटोल र गोठगाउँको तल्गाउँका पहिरो पीडितका लागि युवा संघले संकलन गरेको गैरखाद्य सामग्री हस्तान्तरण गरिएको हो ।

गत असार २५ गते बारेकोटमा खसेको पहिरोमा परिवारका सदस्य गुमाएका सार्की टोलका पिडित परिवार र पहिरोले बस्ति नै जोखिममा भएपछी पाल टाँगेर जंगलमा बसेका विस्थापितहरुलाई वडा नम्बर ४ को हिमालय आधारभूत विद्यालयमा पुगेर १५७ वटा कपडा धुने साबुन, २२ वटा टर्चलाइट, ७५ ओटा ब्रस, ९८ पिस नुहाउने साबुन, १४ वटा कोल्गेट, ३५ पिस प्लास्टिक झोला, भाँडावर्तन, त्रिपाल, ७० थानबच्चाको कपडा, ७६ थान महिलाको कपडा, एक सय २० थान पुरुषको कपडा,२ पिस लेडिज ब्याग, २४ पिस कालो फर्म म्याट वितरण गरेको युवा संघका केन्द्रिय सदस्य विश्वविक्रम शाहले बताए । वडा नम्बर ४ का वडाध्यक्ष सिर्जना बस्नेतले विपत्तिमा सहयोग गर्ने र सहयोग जुटाउन सक्रिय सवैलाई धन्यवाद दिईन ।

bhumi-sanrakshyan

प्राकृतिक बिपत्ती र आर्थिक विपन्नताले समस्यामा परेकाहरुलाई सहयोग होस भनेर युवा संघ सदरमुकामका ब्यापारीहरुलाई अनुरोध गरेर गैरखाद्य राहत सामाग्री सङ्कलन गरेको युवासंघका केन्द्रिय सदस्य शाहले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya