सोती हत्या काण्डमा मारिएका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने सरकारी निर्णयको स्वागत

प्रवाह संवाददाता । जाजरकोट

६ जना युवाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते भएको घटनामा मृत्यु भएका परिवारलाई नेपाल सरकारले प्रतिपरिवार १० रुपैयाका दरले राहत रकम उपलब्ध गराउने गरि गरेको निर्णयको सोती हत्याकाण्ड संघर्ष समितिले स्वागत गदै सरकारलाई कृतज्ञता प्रकट गरेको छ ।

समितिले न्यायका लागि आवाज उठाउने जाजरकोटका जनप्रतिनिधीहरु, पत्रकार, नागरिक समाज, विभिन्न आयोग र छानवीन समिति सवैलाई धन्यवाद दिने निर्णय गरेको समितिका संयोजक नगेन्द्र शाहले बताए । २७ साउनमा बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने र घाईतेको उपचार खर्च निशुल्क ब्यहोर्ने निर्णय गरेको थियो । सरकारले उपचारमा लागेको खर्चको आधारमा घाईतले उपलब्ध गराएको विलको आधारमा रकम भुक्तानी दिने निर्णय गरेको हो ।

bhumi-sanrakshyan

 

घटनामा परि जाजरकोटका नवराज विक, सञ्जु विक, गणेश बुढा, लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी रुकुमका टीकाराम सुनारको ज्यान गएको थियो । तर पिडित परिवारले राहत भन्दा न्याय पाउनु पर्ने आवाज उठाउँदै आएका छन् । राहत दिएर अलमल्याउन खोजिए आफुहरुका लागि मान्य नहुने पिडित परिवारको भनाई छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya