बारेकोटका पहिरो पिडितका लागि युवा संघको राहत संकलन अभियान

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको बारेकोट गाँउपालिकामा गत असार २५ गते गएको पहिरोबाट पिडित परिवारलाई सहयोग गर्न राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले राहत संकलन अभियान थालेको छ ।

बारेकोट पहिरोमा परि ११ जनाकोे मृत्यु भएको थियो भने तीन जना बेपत्ता छन् । दर्जनौ परिवार विस्थापित भएर स्थानिय विद्यालयमा आश्रय लिएर बसेका छन् । केही परिवार खुला चौरमा त्रिपाल टाँगेर बसिरहेका छन् । धेरै परिवार सँग खाद्यन्न सकिदा भोकभोकै बस्न बाध्य भएका छन् । चिसोले जेष्ठ नागरिक, केटाकेटी र सुत्केरीलाई सताउन थालेको छ । बारेकोटका पहिरो पिडितका यी समस्यालाई मध्यनजर गदै युवा संघ नेपालले सोमवार सदरमुकाममा राहत संकलन अभियान थालेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य  विश्वविक्रम शाहले बताए ।

bhumi-sanrakshyan

राहत संकलन अभियान चलाएको पहिलो दिनै दुई लाख बढीको राहत सामग्री संकलन भएको उनले बताए । स्थानिय ब्यापारीहरुबाट एक सय मिटर भन्दा बढि विछ्याउने म्याट, बालबालिका देखि बृद्धबृद्धालाई बिभिन्न लत्ताकपडा, जुता चप्पल, स्टिलका भाँडाकुडा, ६ पेटी सावुन, ब्रस–मन्जन, प्लाष्टिकका विभिन्न भाँडाकुडा, टर्च लाइट लगायतको राहत सामग्री संकलन गरिएको छ । पहिरोले विस्थापित परीवारको पिडामा थोरै भएपनि मलहम लगाउन आफुहरुले राहत संकलन अभियान चलाएको केन्द्रिय सदस्य शाहले बताए । उनले सहयोगी हातहरुलाई धन्यवाद दिए । राहत संकलन अभियान मंगलवार पनि जारी रहने छ । संकलित राहत सामग्रीलाई प्रभावित स्थानमै पुगेर पिडित परिवारलाई वितरण गर्ने कार्यक्रम रहेको युवा संघले जनाएको छ ।


यसैवीच, केही दिन अघि अनेरास्ववियू जाजरकोटका संयोजक प्रदिप खड्काको नेतृत्वमा ब्लड क्यान्सर पिडित बालकहरुको सहयोगका लागि संकलन भएको दुई लाख पाँच हजार एक सय १५ रुपैयाँ जिल्लाको भेरी नगरपालिका वडा नं. १३ का यज्ञ बहादुर रोकायका २० महिनाका छोरा युनिक रोकाय र कुशे गाउँपालिका वडा नं. ५ का रामचन्द्र शर्माका १६ वर्षका छोरा निरज शर्माको उपचारका लागि हस्तान्तरण गरिएको थियो ।
युवाहरुको परोपकारी कार्यमा बढ्दो सक्रियतालाई जिल्लामा प्रशंसा हुन थालेको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya