पहिरोमा बेपत्ता बालक मृत अवस्थामा फेला, पति बचाउन खोेज्दा छोरा गुम्यो

राजेन्द्र कार्की । जाजरकोट

गत आइतवार सधै झै खाना खाएर भेरी नगरपालिका ११ भनारीगाँउका गणेश वर, श्रीमति र छोरा सहित सुते । सुतेको केही घण्टामै उनीहरुको निद्रा भंग भयो । ठुलो पानी परिरहेको रहेछ । घर नजिकै बाँधिएका पशुचौपायाको वरीपरीबाट खहरे उर्लेर आएको रहेछ । पशुचौपाया कराइरहेका थिए । घर नै बगाउला जस्तो भयो गशेश वरकी श्रीमति जुनकिरी वरले भनिन ‘पशुचौपायालाई उद्धार गरेर आफुहरु पनि सुरक्षित स्थान तिर जाने भनेर श्रीमान सँगै सानो दुई बर्षको बाबुलाई काखमा च्यापेर निस्कियौ । बाहिर निस्केको केही क्षणमै श्रीमानलाई खहरेले बगाउन थाल्यो । श्रीमानले बचाउ बचाउ भन्नु भयो । मेरो होस नै उडेछ’, उनले भनिन ‘श्रीमानलाई बचाउँछु भन्दा छोरा मेरो हातबाट फुत्किएछ । क्षणभरमै खहरेले कता लियो कता पत्तै भएन ।’

पहिरोमा परि बेपत्ता भएका उनीहरुका दुई बर्षिय छोरा पुष्कर वर तीन दिन पछि घर देखि करीव ७० किलोमिटर टाढा सुर्खेतको मेहेलकुना स्थित भेरी नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ । मृतक बालकको शवलाई अभिभावकको जिम्मा लगाईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । गंभिर घाईते गणेशलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरि कोहलपुर मेडिकल कलेज लगेको छ । उनको उपचार भैरहेको छ । घाइते श्रीमानको कोहलपुरमा उपचार भैरहेको छ । छोराको शव घरमा आएको छ । श्रीमति जुनकिरी अहिले पनि छोरा वियोगमा भावविहल छन् ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya