चट्याङ्गले इन्टरनेटमा क्षति

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

गत बुधवार राती परेको चट्याङ्गले जाजरकोट सदरमुकाम खलंगामा जडान गरिएका एडिएसएल इन्टरनेट सेवामा क्षति पुरयाएको छ । चट्याङ्गले विभिन्न सरकारी कार्यालय तथा ब्यक्तिका घरमा जडान गरिएका एडिएसएल इन्टरनेट, टेलिफोन र टिभिमा क्षति पुरयाएको हो ।

 

भेरी नगरपालिका ४ स्थित भगवति बनमा चट्याङ्ग परेको भएपनि नजिकै भएकोले दुई दर्जन बढी ईन्टरनेटमा क्षति पुगेको हो । चट्याङ्गले क्षति पुरयाएपछि राउटर नै फेर्नु परेको प्रधानमन्त्री आधुनिक कृषि परियोजना मौरी तथा सुन्तला जोनका लेखापाल छवि खनालले बताए । चट्याङ्ग परेको बेला विजुलीको लाईन खुल्ला हुँदा इन्टरनेट विग्रने खतरा बढी हुने प्राविधिकहरुको भनाई छ ।

सदरमुकाममा ब्यवस्थित अर्थिङ्गको ब्यवस्था नहुँदा बर्षेनी चट्याङ्गले विद्युततिय उपकरण तथा इन्टरनेटमा क्षति पुरयाउने गरेको छ । अर्थिङ्ग बनाउने तर्फ सरोकारवालाले ध्यान नदिएको स्थानियको गुनासो छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad