कविता—आग्रह— अमर शाह

समाज हाे घटना घट्न सक्छन् त्याे कुरा धेरै ठुलाे हुनु हुदैन

घटना सानाे हाेस या ठुलाे तर कानुनकाे हात लुलाे हुनु हुदैन

पिडा त पिडा नै हाे कसैकाे लागि तमासाकाे रुपले हेर्नु हुदैन

bhumi-sanrakshyan

सत्य र न्याय जति गहिराईमा भए पनि कसैले बाटाे फेर्नु हुदैन

पिडा सबैलाई छ एकल जातीय मुद्धा न्यायिक पक्कै नहाेला

पर्देशमै परेकाे चट्याङ् हाे याे मन नरुवाउने यहाँ काे हाेला

जात सबैकाे मानिस हाे प्रस्तुतीकाे भिन्नताकाे परिणाम फरक देखियाे

सत्य केहाे प्रकृती कस्ताे थियाे रे कै भरमा अन्धाधुन्ध छरप्रस्ट लेखियाे

कसैकाे पिडाप्रति कसैलाई हर्ष किमार्थ सुहाउदैन साेच फरक देखियाे

उत्तजित र अतिरञ्जीतमा रमाउने समुहकाे भरमा सामचार लेखियाे

हामी मानिस हाे जात मानिस हैन ठाँउ मानिस हैन मानिस भएर बसाै

एक छाेरा कठैबरा न्यायका खातिर तिमीहामी सबै मिलेर कम्मर कसाै

जातकाे कुरा भन्दा पिडा र न्यायकाे कुरालाई घनिभुत बनाउदै जाँने हाे

समाजिक पिडाले सबैकाे मुटु काटेकाे छ सबै मिलेर सुधार्दै लाने हाे

गणेश गाेबिन्द गैर दलित थिए कठै नवराजकै खुशीमा गयाे उनकाे ज्यान

कसैलाई बिर्फट्टा राम्राे हैन बरु पिडामा मलम लगाउनतिर दिउ ध्यान

मृतक र पिडितहरुलाई शान्ती मिल्ने कुरामा कुनै कसर बाँकी हुनुहुदैन

न्याय र सत्यलाई अतिरञ्जित उलट पलट बाङ्गाे टिङ्गाे कदापी हुनुहुदैन

घटनाकाे स्वभाव र प्रकृतीकाे बारे ब्यापक खाेजी गरेर जानु राम्राे हाेला

काग र कानकाे कथा जस्तै जाने ठाँउमा नगएर कतै अन्तै पुग्ने हाेला

दुखेकाे छ मन भेटिदैछन् झन माैषमले नै मानिरहेकाे नरमाईलाे

भर पर्दाे देखिएन समय सन्त्रासमय भएर हरेक पल नै निस्याईलाे

मृतआत्माकाे चिरशान्तीका साथै पिडितहरुले न्याय पाँउनै पर्छ

सबै जाती सबै बर्णले समानता र स्वतन्त्र अधिकार पाँउनै पर्छ

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya