March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

माईती गाँउको विद्यालयलाई ९० हजार सहयोग

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगा स्थित भेरी प्राथमिक विद्यालयलाई एक चेलीले ९० हजार रुपैया सहयोग गरेकी छन् ।

उक्त विद्यालयको छाना मर्मतका लागी जिल्लाको भेरी नगरपालिका ६ भेरे माईती भएकी पोखरा निवासी चन्द्रा घर्तीमगरले उक्त रकम सहयोग गरेकी हुन् । भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले फेसबुक मार्फत विद्यालयको जिर्ण भवन आर्थिक अभावले मर्मत गर्न नसकिएको र चुहिने भई भत्किने अवस्थामा पुगेकोले सहयोगी मनहरुलाई सहयोगको लागी आग्रह गरेका थिए । वडाध्यक्ष शाहको फेसबुक स्टाटस पढेपछि श्रीमान मीन जी सँग सल्लाह गरेर आफ्नो माईती गाँउको विद्यालयलाई सहयोग गरेको चन्द्राले बताईन ।

२०२८ सालमा स्थापना भएको यो सामुदायिक विद्यालयले धेरै जनशक्ति उत्पादन गरेपनि ति जनशक्तिले कहिल्यै फर्केर नहेरेको अवस्थामा गरिएको मीन—चन्द्राको सहयोग विद्यालयका लागी ठुलो राहत भएको प्रधानाध्यापक ललितराज भण्डारीले बताए । उनले सहयोगी मनहरु प्रति कृतज्ञता प्रकट गदै धन्यवाद दिए । वडाध्यक्ष शाहले पनि दाताहरुलाई धन्यवाद दिदै धन भएर पनि मन नहुनेहरुका लागी उहाँहरुको सहयोग उदाहरणीय भएको बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad