पत्रकारको हात काट्ने धम्की प्रति युनियनको आपत्ती

टीकाराम खनाल । रुकुम पश्चिम
सत्तारुढ नेकपा रुकुमका एक स्थानीय नेताले समाचार लेख्ने पत्रकारको हात काट्ने चेतावनी दिएका छन् । मुसिकोट नगरपालीका १३ का वडाध्यक्ष समेत रहेका नेकपाका स्थानीय नेता दिपक केसीले समाचारकै विषयमा लिएर रेखदेख साप्ताहिकका प्रकाशक तथा सम्पादक प्रवीर ददेलको हात काट्ने तथा ज्यान लिने धम्की दिएका हुन्।

समाचारको विषयमा पटकपटक धम्कयाउँदै आएका केसीले शुक्रवार भने ददेललाई खाना खाइरहेका ठाउँमा आक्रमणको प्रयास गरेका थिए । साथमै रहेका अन्य स्थानीयनले आक्रमणबाट जोगाए पनि ददेललाई जहाँ भेट्यो त्यहि ठीक पार्ने धम्की समेत केसीले दिएका छन् ।
नेपाल प्रेस युनियनले घटनाको भत्सर्ना गर्दै आक्रमणको प्रयास गर्ने तथा धम्की दिने नेकपाका नेता केसीलाई कानुनी कार्वाहीको माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली समाचार लेख्ने पत्रकारको हात काट्छु भन्ने वडाध्यक्ष केसीलाई कानुनी दायरामा ल्याई पत्रकारलाई भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रसासनसँग माग गरेका छन ।

यसै गरी प्रेस युनियन रुकुम पश्चिम र जाजरकोट शाखाले विज्ञप्ती प्रकाशित गरि धम्किको घोर भत्सर्ना एवं निन्दा गदै वडाध्यक्ष केसीलाई कानुनी कारवाहीको माग गरेका छन् । युनियनका रुकुम अध्यक्ष दिनेश खड्का र युनियन जाजरकोटका अध्यक्ष बालकुमार शर्माले छुट्टाछुट्टै विज्ञप्ती निकालेर घटनाको विरोध गरेका हुन् ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya