April 26 - 2024, Friday१३ बैशाख २०८१, बिहीबार

किन भए स्थानिय सरकार मिडिया परिचालनमा कमजोर ??

हेमन्त केसी

सहकार्य , सहमती र सहअस्तित्वबाट नै सवै कुरा हल भएर जाने हुँन् । नेपाली संस्कार पनि सहकार्य अनि भाईचारको सम्वन्धबाट अगाडी बढेको हो । नेपालीको परिचय नै सहभोगी र बिरता सँग नै जोडिएको छ । विश्वका जुन कुनामा नेपाली पुगेपनि गोर्खाली सेनाको बहादुरी बाट नै परिचय स्थापित हुँने गर्दछ । चार जात , ३६ वर्णको फुलबारी भित्र सहअस्तित्व र सहकार्यको उच्चतम अभ्यासका साथ नेपाली समाज चलेको छ । संसार जित्न र नेपाललाई उचो राख्न पनि सहकार्यकै आवश्यकता पर्दछ । अहिले समय परिवर्तनशिल छ ।

कुनै वेला ठाउँ , ठाउँमा राजा , रजौटा रहेको बिभिन्न काल खण्डको नेपाल अहिले संघीय शासन व्यवस्थाको बालक उमेरबाट अगाडी बढ्दैछ । जती समाज विकसित हुँदै जान्छ , त्यति मानिसका चाहना र नयाँ पनको अभ्यास गर्न उ तत्पर हुन्छ नै । बदलिदो समाज , परिवर्तशिल समयले हाम्रो समाज दैनिक नयाँ अभ्यासमा छ । दैनिक हुँने विकासका नयाँ फट्को र त्यस सँगै साथ दिने प्राविधिले संसार एक कुनामा वसेर विश्व अध्यायन गर्न सकिन्छ ? नेपाल संघीयता र संघीयकरण हुँदै अहिले बिभिन्न कानुन निर्माण गरी देश लयमा ल्याउनका लागि दैनिक काम भईरहेका छन् । नेपाल तीन तहका सरकारको अभ्यास गदै छ । नेपालका मिडिया हाउस पनि संघीयताको अभ्यास गदै स्थानीय सरकारको जतिविधी जनता सम्म पुर्याउने उच्चतम अभ्यास गदै छन् । पहिलेको जस्तो जिल्ला विकास समितिमा वजेट नआई अहिले सिधै स्थानीय तहमा वजेट आउँने गर्दछ । जनप्रतिनिधि र कर्मचारी तन्त्रले पनि नयाँ अभ्यास गरीरहेकै छन् ।

जिल्ला हुँने बिभिन्न गतिविधी र मिडियालाई प्रयोग गरी स्थानीय सरकारका गतीविधी जनताको घर दैलो सम्म पुर्याउनका लागि जुन खालको अभ्यास हुँनुपथ्यो , त्यो स्थानीय सरकारका प्रमुखले गर्न चाहे पनि कर्मचारी तन्त्र भित्र हिजोका दिनमा दल चलाएको मानसिकताका कारण असफल हुँदै आएको छ । स्थानीय जनप्रतिनिधीले गरेका काम र त्यसको जनता सम्म लिने प्रभाव रोक्न स्वयम कर्मचारी तन्त्र नै लागिपरेको स्पष्ठ देख्न सकिन्छ । स्थानीय सञ्चार माध्यममा आउने विज्ञापन रोक्ने , जनसरोकारका कुराहरु सञ्चार माध्यममा दिएर जनतालाई सूसुचित गर्ने कुराका मुख्य वाधक भनेकै कर्मचारी तन्त्र देखिएको बिभिन्न फोरममा उठ्ने कुराले छलंङ्ग पार्दछ । जिल्लामा हुँने विज्ञापन एजेन्सी , पत्रिका , रेडियो र अनलाईनलाई कुनै पनि सूचना नदिएर सिधै काठमाण्डौँका ठुला विज्ञापन एजेन्सीमा कर्मचारीलाई बढी कमिसन आउँने ठाउँमा सम्पर्क सुत्र मात्र जोड्ने गरेको नेपाल पत्रकार महासंघ , जाजरकोट अध्यक्ष भीमबहादुर सिंह बताउनुहुन्छ ।

स्थानीय सञ्चार , माध्यम कम्जोर बनाएर ,सरकारका गतीविधी समेत मिडियामा आएर के हुन्छ भनेर कर्मचारीहरु प्रश्न गर्ने गरेको पाईन्छ । यत्ता केन्द्र सरकार राम्रो कामको प्रचार भएन भनि रहदा स्थानीय तहमा समेत जनप्रतिनिधी हाम्रो काम प्रचार भएन भनि गुनासो गदै आएको छन् । राम्रो कामको प्रचार गर्नका लागि तीन , तीन महिना स्वत प्रकाशन हुँने जानकारी , पत्रकार सम्मलेन गरी जानकारी समेत दिन अहिले सम्म अभ्यास नै नभएको पाईएको छ । स्थानीय पत्रिकामा प्रकाशन गर्नुपर्ने सूचना समेत फेसवुकमा राखेर झारा टार्ने गरिएको भेरीमालिका दैनिकमा कार्यकारी सम्पादक रेशमबहादुर खड्का बताउँनुहुन्छ । जिल्लाका पत्रकारलाई कुनै पनि सूचना नदिएर सिधा काठमाण्डौँका एजेन्सी सँग बढ्दो , साडगाडले गर्दा स्थानीय सरकार र पत्रकारको दुरी कर्मचारी तन्त्रले नै बढाएको पत्रकारहरु बताउँछन् ।
जिल्लाका मिडिया हाउसको विकास र प्रर्वद्धन गराउनका लागि कर्मचारी तन्त्रकै कारण हुँन नसकेको नेपाल पत्रकार महासंघकै ठम्याई छ ।

 

कात्तिक ७ गते शिबालय गाउँपालिकाको एक सार्वजानिक सुनुवाईमा मिडियामा हाम्रो कुरा किन प्रशारण भएन्न भनि आलोचना समेत भएको थियो । जिल्लाका अन्य ठाउँमा समेत त्यस्तै कुरा बेला , बेलामा उठ्ने गरेका छन् । स्थानीय कर्मचारी तन्त्रबाट जनप्रतिनिधीले सहयोग नपाएको , सवै काम आफुखुसी गदै हिडेको भन्ने आरोप , प्रतिआरोप समेत कर्मचारी र जनप्रतिनिधिहरु गर्न थालेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले कति र कुन समयमा आफ्ना गतिविधीहरु गर्छन् , कुनै थाहा नहुँने गरेको प्रेस चौतारीका केन्द्रीय उपाध्याक्ष बीरबहादुर गिरीले बताउनुभयो । सूचना , जानकारी माग्न स्थानीय सरकारको दैलोमा जाने पत्रकारलाई कर्मचारीहरु पत्रकार आतंक समेत भन्ने गरेको पाईन्छ । जनताको थाहा पाउने अधिकार समेत कटौती गर्ने , गाउँमा हुँने कार्यक्रम समेत आफ्ना अनुकुलका लाई बोलाएर गतिनिधी सञ्चालन गर्ने तरिकाले स्थानीय सरकार सफल भन्दा असफलता तिर जाने आलोचकहरु बताउँछन् । बोल्नेको पिठो विग्छ , नवोल्नेको चामल विग्दैन भन्ने उखान झै हाम्रा कमीकमजोरी समेत पहिल्याएर अगाडी बढ्दा सवैलाई राम्रो ?

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad