May 18 - 2024, Saturday५ जेष्ठ २०८१, शनिबार

काँग्रेस जाजरकोट–बाँके सम्पर्क समितिको अध्यक्षमा खनाल

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस बाँके सम्पर्क समितिको अध्यक्षमा दिवाकर शर्मा खनाल सर्वसहमतिले चयन भएका छन् । शुक्रवार नेपालगञ्जमा भएको भेलाले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जाजरकोट स्थायी तथा पुख्यौली घर भएर बाँकेमा बसोवास गदै आएका नेपाली काँग्रेसमा आवद्धहरुले गत बर्ष तदर्थ समिति गठन गरेका थिए ।

समितिको उपाध्यक्षमा ज्योती शाही, सचिवमा किशोरकृष्ण भण्डारी, सहसचिवमा चक्र विसी, कोषाध्यक्षमा पशुपति सिंह र सदस्यहरुमा चित्रप्रसाद शर्मा, मानबहादुर शाही, दिपक शाही, ज्योती रेग्मी, उमेश शर्मा, मानबहादुर रोकाय, खम्मकुमारी रोकाय, अर्जुन शाह रहेका छन् । समितिको सल्लाहकारमा कपीलदेव शर्मा, नारायण प्रसाद शर्मा, तिर्थ केसी र छत्र रेग्मी रहेका छन् ।

अध्यक्ष खनालले जिम्मेवारी दिएको धन्यवाद दिदै नेपाली काँग्रेसको संगठन सुदृढीकरणमा समितिले महत्वपुर्ण भुमिका खेल्ने बताए ।कानुन अधिकृतको रुपमा लामो समय सरकारी सेवा गरेका खनाल सेवानिबृत्त कर्मचारी हुन् । कानुन ब्यवसायीको रुपमा समेत काम गर्ने खनाल काँग्रेस जाजरकोट– बाँके सम्पर्क तदर्थ समितिका संयोजक समेत थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad