प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको आयोजनामा खुल्ला तीज गीत प्रतियोगता सम्पन्न भएको छ । स्वास्थ्य तथा सरसफाइ प्रबद्र्धन र महिला शसक्तिकरणका लागि तीज गित प्रतियोगिताको आयोजना गरिएको हो । साथै मनोरञ्जनका लागि नृत्य प्रतियोगिता समेत गरिएको थियो ।
एक सय एक जनाको ज्यान जाने गरी कार्तिक १७ गते गएको भुकम्प लगत्तै देखि विभिन्न कार्यक्रम गदै आएको नेपाल रेडक्रस सोसाइटीले हाल कर्णाली भुकम्प पुनर्लाभ कार्यक्रम संचालन गरिरहेको छ । उक्त कार्यक्रम अन्र्तगत महिलाहरुको शसक्तिकरणका लागि कार्यक्षेत्रमा विभिन्न कार्यक्रम गदै आएको छ । रेडक्रसको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय प्रतियोगितामा खुल्ला तीज गीतमा १४ वटा समुहले भाग लिएका थिए भने, नृत्यमा २० भन्दा बढि समुहले भाग लिएका थिए ।
खुल्ला तीज गीत प्रतियोगितामा भेरी नगरपालिका–३ की विमला रोकायको टीम प्रथम, भेरी नपा–१ को सृजनशिल महिला कृषक समुह द्धितिय र भेरी नगरपालिका–१ को शिव सृजनशिल युवा क्लव तृतीय भएको थियो । खुल्ला तीज गीत प्रतियोगिता तर्फ प्रथम स्थान हासिल गर्ने टीमलाइ ८ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । द्धितिय स्थान हासिल गर्ने टीमलाइ ६ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी तृतीय स्थान हासिल गर्ने टीमलाइ ४ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी नृत्य प्रतियोगितामा भेरी नगरपालिका–३ ठाँटीकी सिरिशा वलीको टीम प्रथम भएको थियो भने, छेडागाड नगरपालिका–१२ की ममता सिंहको टीम द्धितिय भएको थियो । कुशे गाउँपालिका–९ की सुरक्षा सिंह र करिस्मा खड्काको टीम तृतीय भएको थियो । नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टीमलाइ २ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । द्धितिय स्थान हासिल गर्ने टीमलाइ १ हजार ५०० नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी तृतीय स्थान हासिल गर्ने टीमलाइ एक हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने समुहलाई नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरीबहादुर बस्नेत र कोषाध्यक्ष राजेन्द्र कार्कीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
भेरी नगरपालिकाको वडा नं. १, २ र ३ नम्बरमा विभिन्न मितिमा तीज गीत प्रतियोगिताको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाले बिहिबार जिल्ला सदरमुकाम खलंगामा जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको हो ।