भेरी नगरपालिकालाई ५ बर्ष भित्र लागु औषध दुर्व्यसन मुक्त पालिका बनाउने अठोट

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका ४ कि अमिसा सिं सोनीले म्याद नाघेका गुणस्तरहिन सेनिटरी प्याड वितरण भैरहेको भन्दै तत्काल म्याद नाघेका सेनिटरी प्याड वितरणमा रोक लगाई गुणस्तरीय प्याड वितरण गर्न माग गरिन । त्रिभुवन मावि खलंगामा डेट एक्सपाएर भएका सेनिटर प्याड वितरण भैरहेकोले वितरण प्रणाली ब्यवस्थित गर्न माग गरिन । कालो कोटमा सजिएर भेरी नगरपालिकाको सभा हलमा उनले बोल्दै गर्दा साँच्चिकै नगर सभाको झल्को आइरहेको थियो । नमुना युवा नगर सभामा नगर सभा सदस्यको हैसियतले बोल्दै उनले सेनिटरी प्याड सम्बन्धी आवाज जोडदार रुपमा उठाईन ।

त्यस्तै भेरी नगरपालिका ५ का जयबहादुर चन्दले भेरी नगरपालिकामा बालविवाह रोकथामका लागि आवश्यक पहल गर्न माग गरे । उनले बालविवाहका कारण हुने असरहरु बारे बताउँदै बालविवाह रोकथाम तथा न्युनिकरणका लागि भैरहेका प्रयास बारे जानकारी मागे । भेरी नगरपालिका २ कि मनिसा वलीले लुम्बिनी रारा राजमार्ग अन्र्तगत पर्ने खलंगा पाँचकाटिया सडक खण्डको कामको गुणस्तर र भैरहेको ढिलाई बारे जानकारी गराउँदै गुणस्तरहिन काम गर्ने र ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाहीको माग गरिन । त्यस्तै भेरी नगरपालिका ४ का टविन कार्कीले युवाका सवालहरु र लागुऔषध दुर्व्यसन विरुद्धको अभियानबारे आफ्नो धारण राखेका थिए ।

लागु औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि युवा परिचालनमा जोड दिदै जनचेतना जगाउनु पर्ने धारणा राखे । भेरी नगरपालिका ४ कै जमुना केएमले बजार क्षेत्रमा ढल निकास र खानेपानी समस्या समाधान गर्न माग गरिन । यी केही प्रतिनिधी विचार मात्र हुन् । अधिकाँश बक्ताले युवा नगरसभामा नागरिकले भोग्नुपरेका जल्दावल्दा सवाल उठान गरेका थिए । उनीहरुले खानेपानी समस्या, स्वास्थ्य समस्या, सडक यातायातको समस्या, बालविवाह, लागुपदार्थ दुर्व्यसन, शिक्षामा गुणस्तर, पारदर्शीता र सुशासनका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

भेरी नगरपालिकाको आयोजना र सहिद स्मृति युवा क्लब जाजरकोटको सहजीकरणमा लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम गर्न युवा शसक्तिकरणका लागि नमुना युवा नगर सभा अभ्यास कार्यक्रमको अन्तिम दिन विहिवार युवाहरुले उक्त धारणा राखेका हुन् । तिन दिन देखि नगरपालिका अन्र्तगत विभिन्न वडाका ४२ जना युवायुवतीहरुलाई नगर सभाको सदस्यको रुपमा छनौट गरिएको क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताए । ति सदस्यहरुले प्रमुख र उपप्रमुख छनौट गरेका थिए । प्रमुख र उपप्रमुखमा सहमति हुन नसकेपछि निर्वाचन गरिएको थियो । प्रमुखको निर्वाचनमा मनिसा वली र प्रमिता केसीको मत बराबर भएपछि सहमतिका आधारमा प्रमिता केसीलाई प्रमुखमा निर्वाचित गरिएको थियो । उपप्रमुखमा यमुना कार्की निर्वाचित भएकी थिईन । प्रमुख र उपप्रमुखले नगरसभा संचालन गरेका थिए । नगरसभा सदस्यले उठाएको सवालहरुको जवाफ प्रमुख केसीले दिएकी थिइन ।
नमुना युवा नगरसभाले युवा सम्बन्धि निति र लागु औषध दुर्व्यसन विरुद्धको ऐन पारित गरेको छ । आगामी २०८५ साल अर्थात ५ बर्ष भित्र भेरी नगरपालिकालाई लागु औषध दुर्व्यसन मुक्त पालिका बनाउने घोषणा समेत गरिएको युवा नगर सदस्य टविन कार्कीले बताए । पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले लागु औषध नियन्त्रण तथा रोकथाम अभियानको थालनी गरेको छ ।

प्राय सबै जिल्लाहरूमा लागू औषध र पदार्थको दुर्व्यसन बढ्दो क्रममा छ । लागू पदार्थको दुर्व्यसनीमा जाजरकोटका युवायुवती पनि फस्दै गएका छन् । जिल्लाका ग्रामीण भेग भन्दा जिल्ला सदरमुकाम र भेरी नगरपालिकाका बजार क्षेत्रका युवायुवतीहरू लागु पदार्थको दुर्व्यसनमा फसिरहेकोले यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु भैरहेको भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले बताइन ।
दुर्व्यसनबाट हुने नकारात्मक असरहरूका बारेमा जनचेतना फैलाउने, दुर्व्यसनकर्तालाई कुलतबाट छुटाउन तथा लतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको भेरी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले बताए । उनले हाल सम्म दुर्वयसनी विरुद्ध गरिएका गतिविधि निकै प्रभावकारी भएको जानकारी दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad