July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

भेरीले बाँड्यो १० हजार आठ सय फलफुलका विरुवा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका कृषि शाखाले १० हजार ८ सय फलफुलका विरुवा किसानलाई वितरण गरेको छ । कृषकहरुलाई फलफुल खेतीमा ब्यवसायिकरण गर्न ५० प्रतिशत अनुदानमा फलफुलका विरुवा वितरण गरेको हो ।

किसानहरुको मागको आधारमा नगरको कृषि शाखाले खरीद गरेर ल्याएका ५ हजार ८ सय कागती, तीन हजार पाँच सय कागती विजु र एक हजार पाँच सय सुन्तला कलमी गरी १० हजार ८ सय विरुवा वितरण गरिएको कृषि शाखा प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । ब्यवसाय गर्ने गरि किसानहरुले रोपेका फलफुलका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, सीप, औषधी, सिंचाई लगायतका कुराहरुमा पनि सहयोग गरिने अधिकारीले बताए ।


सात सय कागति र सात सय सुन्तलाका विरुवा लिएकी उर्मिला सिंहले ब्यवसायिक रुपमा फलफुल खेती गर्ने सोचले विरुवा लगाउन थालेको बताईन । परम्परागत खेती प्रणालीले बर्षदिन भर खान नै नपुग्ने भएपछि ब्यवसायिक खेती तर्फ आर्कषित भएको उनको भनाई छ । त्यस्तै भेरी नगरपालिका ६ का डिलबहादुर शाहीले यस बर्ष तीन सय सुन्तलाका विरुवा खरीद गरेर लगेका छन् । उनले हरेक बर्ष फलफुलका विरुवा थप्दै जाने र ब्यवसायिक रुपमा फलफुल खेती गर्ने सोच बनाएको बताए । नगरपालिकाको कृषि शाखाले आधा मुल्य अनुदानमा विरुवा दिएपछि आफुहरुलाई निकै राहत भएको शाहीको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad